गुल्मीको सामुदायिक विद्यालयमा लघु संग्रहालय, देख्न पाइन्छ परम्परागत वस्तु (तस्वीरहरू)

विद्यालयमा स्थापना गरिएको संग्रहालयमा परम्परागत वस्तुका साथै लोपोन्मुख अवस्थामा रहेको वस्तु तथा सामग्रीहरु राखिएको छ ।

सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले ‘लघु संग्रहालय’ स्थापना गरेको छ । विद्यार्थीलाई लोपोन्मुख वस्तुको जानकारी दिने उद्देश्यले विद्यालयमा ‘लघु संग्रहालय’ स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए ।

frontline

विद्यार्थीहरुलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीहरुको बारेमा पनि जानकारी दिने उद्देश्यले लघु संग्रहालय स्थापना गरिएको हो । ‘हाम्रा पूर्खाहरुले प्रयोग गरेका वस्तुहरुको संग्रह गरेर अहिले प्रयोगमा नभएका वस्तु बारेमा जानकारी गराउने उद्देश्यले यस्तो खालको संग्रहालय स्थापना गरिएको हो’, उनले भने ।

संग्रहालयमा विभिन्न क्रियाकलापका तस्वीरहरु, विद्यार्थीले निर्माण गरेका हस्तकलाका सामग्रीहरु, विद्यालयका ऐतिहासिक तस्वीरहरु, गाउँघरमा काठबाट बनेका सामग्रीहरु राखिएको विद्यालयका शिक्षक टीका खड्काले बताए ।

विद्यार्थीहरुलाई पुराना वस्तु र प्रविधिहरुसँग परिचित गराउने उद्देश्यले लघु संग्रहालय स्थापना गरिएको हो । विद्यालयले छुट्टै कोठामा व्यवस्थित रुपमा स्थापना गरेको संग्रहालयमा मानापाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको नाम्लो, डाला, फुगो, माना, तराजु ढक, कुँचो, गुद्री, मालन, लालटिन, हुक्का, आरी हाडी, मटुलो, पुराना जमानका पैसा राखिएको छ ।

त्यस्तै, खुकुरी, सिलौटो, लोहोरो, प्राचीन बाध्यबाधनका सामग्रीहरु रहेका छन् । ती सामग्रीहरुको प्रयोग बारेमा विद्यार्थीहरुलाई चिनाउने काम विद्यालयले गर्ने गरेको शिक्षक खड्काले बताए ।

प्राचीन समयमा अत्यन्तै महत्वपूर्ण सामग्रीहरु अहिले प्रयोगमा नआएकाले त्यसको संरक्षण र जानकारी दिने काम संग्रहालयबाट हुने गरेको छ । विद्यालयमा आउने कुनै पनि पाहुना तथा अन्य विद्यालयबाट यो विद्यालयमा भ्रमणमा आउने विद्यार्थीहरुलाई लघु संग्रहालयमा अवलोकन गराउने काम विद्यालयले गर्ने गरेको छ ।

विद्यालयले पढाइएसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उद्देश्यले दुना–टपरी बनाउने तालिम प्रदान गर्ने गरेको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ ।

विद्यार्थीको पढाईसँगै अतिरिक्त समयमा व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने गरेको हो । पछिल्लो पिँढीका विद्यार्थीहरु परम्परागत सीपको बारेमा जानकारी गराउने र उनीहरुलाई पनि सहभागी गराउने उदेश्यले विद्यालयले लिएको छ । दुना–टपरी खुटने तालिममा विद्यार्थीहरुले उत्साहपूर्वक सहभागी हुने गरेको विद्यालयले जनाएको छ ।

सालको पातबाट तयार गरिने दुना–टपरी विभिन्न धार्मिक कार्यहरुमा प्रयोग गर्ने गरिन्छ । सालको पातबाट तयार गरिएको दुना–टपरी शुद्ध मानिने भएकाले धार्मिक कार्यमा अहिले पनि प्रयोग हुन्छ ।

विद्यालयले विद्यार्थीहरुलाई किताबको ज्ञानकोसँगै गाउँका विभिन्न कलासंस्कृतिबारे जानकारी र उनिहरुलाई सीप प्रदाने गर्ने उदेश्य विद्यालयले राखेको प्रधानाध्यापक श्रीसले बताए ।

यो विद्यालयमा अहिले होटल म्यानेजमेन्टमा ५६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । लुम्बिनी प्रदेशमै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी, कम्प्युटर इन्जिनियरिङ्गका विभिन्न विषयहरु समेत पढाइ हुँदै आएको छ ।

विद्यालयमा २ वटा स्कुल बस, आफ्नै चमेनागृह, सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याब, नेपाली, अंग्रेजी, सामाजिक विषयका विषयगत ल्याब कक्षहरुको व्यवस्था गरिएको छ । विद्यालयमा प्राथमिक उपचार कक्ष रहेको छ ।

उक्त कक्षमा स्वास्थ्यकर्मीको समेत व्यवस्था विद्यालयले गरेकोे छ । विद्यायलमा सेनेटरी प्याडको व्यवस्था, विद्यार्थीले विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुने गरेका छन् । विद्यालयले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here