गाजाको सुरक्षित क्षेत्र मानिने अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

News Summary
Generated by OK AI. Editorially reviewed.
- इजरायली सेनाले गाजामा बमबारी जारी राख्दै कम्तीमा ३६ जनाको मृत्यु भएको छ र थप आक्रमणको तयारी गरिरहेको छ।
- अन्तर्राष्ट्रिय समुदायले गाजामा युद्ध तत्काल अन्त्य गर्न र मानवीय सहायता पुर्याउन अपिल गरेको छ।
- गाजामा भएको युद्धमा हजारौं मानिसको मृत्यु र घाइतेको संख्या बढिरहेको छ र अझै धेरै मानिसहरू बेपत्ता छन्।
४ जेठ, काठमाडौं । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ ।




उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।
यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।
उनीहरूले गाजामा मानवीय सहायता पुर्याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।
गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु सङ्ख्या अझ बढ्दै गएको जनाउँदै ६१ हजार ७०० भन्दा बढीको मृत्यु भएको अनुमान गरेको छ । भग्नावशेषमा पुरिएका हजारौं मानिसहरू अझै बेपत्ता छन् ।
यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको इजरायलको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्