कोप २६ : ग्रह (पृथ्वी) र मानिसलाई धोका

२९ कार्तिक, ग्लास्गो । स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु सम्झौताप्रति मिश्रित प्रतिक्रिया आएका छन् । कोप २६ विश्व सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यले एक सहमति गरिएको थियो । हरितगृह ग्यासहरूको उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धन स्रोत कोइलाको प्रयोग कम गर्ने विषयमा झण्डै २०० राष्ट्रहरूले अन्तिम समयमा आएर गरेको सम्झौताप्रति मिश्रित प्रतिक्रिया आएका हुन् । 

संयुक्त राष्ट्रसंघ, अमेरिका, चीनले सम्झौताको स्वागत गरेका छन् भने अभियान्ताहरूले दुई हप्ता लामो वार्ता निरर्थक भएको भनी निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघले एकैपटक दुईखाले टिप्पणी गरेको छ । उसले यो सहमतिलाई ‘एक महत्वपूर्ण कदम’ भनेको छ भने एउटा ‘सम्झौता’ पनि भनेको छ । तर, अर्कातिर केही अभियान्ताहरूले यस ग्रह (पृथ्वी) र मानिसहरूलाई धोका दिइएको भनी कोप २६ को उपलब्धिलाई खारेज गरिदिएका छन् । 

frontline

सो सहमतिले विश्वव्यापी तापमानलाई १.५ डिग्री सेल्सियस कायमै राख्ने आशा जीवित नै राखेको भनी प्रशंसा कमाएको छ तर यसबाट असन्तुष्ट धेरैले कोइला सम्बन्धी भाषामा अन्तिम समयमा भएको परिवर्तनले यसको प्रभावकारीतालाई घटाएको बताएका छन् । 

चीनको समर्थनमा भारतले अगाडि बढाएको परिमार्जित सहमतिमा सबैभन्दा बढी दूषित जैविक इन्धन कोइलाको प्रयोग ‘फेज आउट’ (अन्त्य गर्ने) भन्दा पनि ‘फेज डाउन’ (क्रमवद्ध रूपमा कम गर्ने) उल्लेख गरिएको छ । 

यस सम्झौताले धनी देशहरूले लामो समयदेखि वाचा गरेको वित्तपोषणको बारेमा ‘भल्नरेवल’ (कमजोर) देशहरूको चिन्तालाई मत्थर पार्न पनि थोरै मात्र काम गरेका छन् । 

अमेरका र यूरोपियन यूनियनको प्रतिरोधपछि विकासशील देशहरूमा जलवायु परिवर्तन पहिले नै ‘क्षति र हानि’को कारण बने पनि यस सन्दर्भमा वित्तीय सहयोग दिने विषय सहमतिमा उल्लेख हुन सकेन । यसको सट्टा, यस सम्झौताले यस मुद्दामा भविष्यमा ‘संवाद’को वाचा गरेको छ । 

“स्वीकृत पाठहरू एक सम्झौता हो”, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भनेका छन्, “तिनीहरूले आजको विश्वको स्वार्थ, परिस्थिति, विरोधाभास र राजनीतिक इच्छाको अवस्थालाई प्रतिबिम्बित गर्दछ ।”

यस सम्झौताले महत्वपूर्ण कदम लिने उद्देश्य राखेपनि यो पर्याप्त नभएको उनको भनाई छ । “यो आपतकालीन ढाँचामा जाने समय हो,” उनको भनाइ थियो । 

अमेरिकी जलवायु दूत जोन केरीले सबैलाई थोरै असन्तुष्ट बनाउने राम्रो सम्झौता भएको भन्दै स्वागत गरेका छन् । 

“हामी ग्लास्गोबाट यस दशकमा र त्यसपछिको यो चुनौतीलाई समाधान गर्ने विश्वको महत्वकांक्षालाई नाटकीय रूपमा उठाएका छौँ”, उनले थपे, “हामी वास्तमै जलवायु अराजकताबाट बच्न र स्वच्छ हावा, सुरक्षित पानी र स्वस्थ ग्रह सुरक्षित गर्न पहिले भन्दा धेरै नजिक छौँ ।” 

चिनियाँ वार्ताकार झाओ यिङमिनले पनि त्यही भावनाको प्रतिनिधित्व गरे । “मलाई लाग्छ हाम्रो सबैभन्दा ठूलो सफलता नियमपुस्तिकालाई अन्तिम रूप दिनु हो”, झाओले पत्रकारहरूसँग भने । “अब हामीले कार्यान्वयन गर्न र हाम्रो प्राप्त सहमतिमा ‘डेलिभर’ (गर्ने वाचा गरिएको काम गर्नु) गर्न सुरु गर्न सक्छौँ ।”

कोप २६ का आयोजक बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि अपेक्षाकृत उत्साहित रहे । “हामीले जलवायु परिवर्तन सम्हाल्यौ भन्न सक्नु अघि अझै लामो, लामो बाटो छ, तर यो ठूलो खबर हो, सँगै, विश्वले केही महत्वपूर्ण सफलताहरू हासिल गरेको छ”, उनले भने । 

तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा कायम राख्ने आशा जीवितै राखेको उनको भनाई छ । कोइला, कार, नगद र जंगलको बारेमा पनि ठूलो प्रगति गरेको उनले बताए । 

“पहिलो पटक एक सय ९० भन्दा बढी देश कोइला शक्तिको अन्त्यको घण्टी बनाउन सहमत भएका छौँ”, उनले थपे, “र, विकसित दुनियाले अन्ततः जलवायु परिवर्तनको कारण पहिले नै भएका क्षति र हुने हानि नोक्सानीको सामना गर्न गरिब र कमजोर राष्ट्रलाई सहयाग गर्नुपर्ने आवश्यकता स्वीकार गरेका छन् ।”

इयूले पनि सहमतिको स्वागत गरेको छ । उसले यस सम्झौताले विश्वव्यापी तापमान वृद्धि १.५ डिग्रीमा सीमित राख्न मौका दिएको बताएको छ । 

यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले प्रतिनिधिहरूले खतरनाक उत्सर्जनहरू कटौती गर्न प्रतिवद्धताहरूमा प्रगति गरेको साथै विकासोन्मुख र कमजोर देशहरूलाई सहयोग गर्ने वाचा पनि गरेको बताए ।

“तर, आराम गर्ने समय छैन : अझै कडा मिहेनत गर्नुपर्छ”, उनले थपिन् । 

यसैबीच, विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरेबियाका प्रतिनिधिले जलवायु सम्झौतासँग सबै पक्षहरू ‘खुशी’ भएको भन्दै प्रश्नहरू बेवास्ता गरे । 

“हामी ठिक छौँ, ठिक छौँ”, साउदीका प्रतिनिधि अ्यामन एम शास्लीले भने, “निर्णय स्वीकार गरिएको छ । कुनै टिप्पणी छैन । सबै खुशी छन् । सबै पक्षहरू खुशी छन् त्यसैले हामी ठिक छौँ ।”

अफ्रिकी मुलुक गबोनका वातावरणमन्त्री एवं अफ्रिकी वार्ताकारका प्रमुख ली ह्वाइटले आफ्नो टोलीले अपेक्षा गरेकोमध्ये ६० प्रतिशत पाएको बताए । 

“अनुकूललनको लागि भरपर्दो वित्तमा थप प्रगति भएको देख्न चाहन्थ्यौँ”, उनले भने, “तर, पक्कै पनि इयू र यूएसबाट धेरै बलियो नैतिक संलग्नता पायौँ ।”

यद्यपि, साना टापु राष्ट्रहरूले ग्लास्गोमा ‘क्रमिक प्रगति’ भएको भन्दै पर्याप्त नभएको बताएका छन् । 

“अरु पक्षहरूको लागि सन्तुलित र व्यवहारिक कुराले त्यही समयमा माल्दिभ्सलाई अनुकूलन गर्न मद्दत गर्दैन”, हिन्द महासागरमा रहेको टापु राष्ट्रका वातावरण मन्त्री अमिनाथ शौनाले भने । “माल्दिभ्सका लागि यो धेरै ढिलो हुनेछ … । हामी यसले दिने नतिजाका आधारहरू स्वीकार गर्छाैँ तर यसले हाम्रो मनमा आशा जगाएको छैन ।”

इन्टरनेशनल सेन्टर फर क्लाइमेट चेन्ज एण्ड डेभलपमेन्टका निर्देशक सलीमुल हगले भने झन् चर्को कुरा व्यक्त गरे । 
“जहाँसम्म मेरो कुरा छ, यो असफल हो”, उनले भने । 

१३८ विकासोन्मुख देशहरूले ‘क्षति र हानि’को बारेमा उठाएको विषय रातारात हटाइएकोमा उनको तीव्र असन्तुष्टि छ । “त्यहाँ केही पनि छैन । यो एकदमै निराशाजनक र अस्वीकार्य छ” उनले आक्रोश पोखे । 

अरु अभियान्ताहरूले पनि यस्तै आलोचना गरे । 

प्रवुद्ध वातावरणीय अभियान्ता ग्रेटा तुनबर्गले “ब्ला ब्ला ब्ला” बाहेक वार्ताबाट केही प्राप्त नभएको बताए । 

“वास्तविक कामहरू यी हलहरू बाहिर निरन्तर छन्”, फ्राइडेज फर फ्युचरका नेताले ट्वीटरमा पोस्ट गरेकी छन् । “र हामी कहिल्यै हार मान्ने छैनौँ ।”

विश्वव्यापी गरिबी अन्त्यका लागि काम गरिरहेको समुह वार अन वान्टका अभियान्ता असद रेहमानले सम्झौतालाई “मानिसहरू र ग्रह (पृथ्वी)माथिको विश्वासघात” भनी आलोचना गरे । 

“यो विज्ञानमाथिको विश्वासघात हो, यो जलवायु परिवर्तनले मानिसहरूको जीवन र जिविकोपार्जनमा पारेको खराब प्रभावहरू पारिरहेको वास्तविकतामाथिको विश्वासघात हो ।” यसबाट निहित स्वार्थ भएका ग्यास र तेल कम्पनीहरूको पक्षमा प्रयत्न गर्ने मानिसहरू मात्र खुशी भएको उनको भनाई छ ।

अलजजिराबाट । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here