केन्द्र र प्रदेश सरकारमा ओली को शक्ति क्षीण बन्दै

काठमाडौं । ‘म मात्र राज्य हुँ’ भन्ने अहंकारले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आफ्नै दलभित्रको घेराबन्दीमा पर्नुभएको छ ।

ओलीलाई देखाइदिने भन्दै विपक्षीहरूले गठबन्धन बनाएर मोर्चाबन्दी कसेका छन् ।

frontline

आफ्नै दलभित्रका प्रभावशाली नेताहरूलाई बाइकट गर्ने नीतिले केन्द्र र प्रदेश सरकारमा ओली खेमाको शक्ति क्षीण बन्दै गएको छ ।

कांग्रेसले सपनामा पनि पाँच वर्ष सरकारमा जाने कल्पना गरेको पक्कै थिएन ।

तर, ओली समूहको एउटा खम्बा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेको सत्ता ढलेसँगै नेतृत्व कांग्रेसको हातमा आएको छ ।

लुम्बिनी सरकारमा पनि ओली समूहको भविष्य उज्वल छैन ।

कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारबाट माओवादीलाई धपाएर ओली समूहले सत्ताकब्जा गर्ने अवसर नपाएको हैन ।

तर, आफ्नै दलभित्र माधव समूह धातक बनेर निस्कँदा ओली समूह निरीह मात्र बनेन, शक्ति युद्धमा पराजित बन्नुपर्यो । कांग्रेस यहाँ पनि सरकारमा पुग्यो ।

भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा पनि ओली समूह पराजित भयो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको हारलाई विपक्षीहरूले उत्सवको रूपमा मनाए ।

सबै घटनामा ओलीलाई कमजोर बनाउन आफ्नै दलभित्रको अर्को समूह कारक बनेको ओली पक्षीय नेता खेमप्रसाद लाेहनी बताउनुहुन्छ ।

ओलीनिकट नेताहरूमा आक्रोश देखिन्छ ।

आफूविरोधी समूहलाई ‘भित्तामा पुर्‍याउने’ रणनीतिले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाउनुपर्‍यो ।

आफूलाई कमजोर बनाउने माधव नेपाल र समूहलाई गरिएको कारबाही अदालतले रद्ध गरिदिएपछि ओली समूह झन आक्रोशित बन्दै गएको छ ।

बेलगाम अध्यक्ष ओलीलाई सर्वोच्चको केही फैसलाले लगाम लगाइदिएको छ ।

कर्णालीका ४ सांसदको पुनर्वहाली, १० औं महाधिवेशन आयोजक कमिटीको निर्णय मान्यता नदिनु, दल त्याग गरेर माओवादीबाट प्रवेश गरेका रामबहादुर थापालगायतका नेताहरूलाई भूमिकाविहीन बनाइदिएपछि ओली ब्याकफुटमा धकेलिनुपरेको छ ।

त्यसो त एकपछि अर्को असफलतामा रुमलिनुभएका ओलीले माधव नेपालसँग एकल र कार्यदल गरी पटक–पटक वार्ता भए ।

पूर्ववत् अवस्थामा फर्किने भनेर विज्ञप्ति पनि आयो । जुन् सकारात्मक कदम पनि थियो ।

माधव समूहको नजरमा भने फगत त्यो एउटा शक्ति जोगाउने ‘पोलिटिकल स्टण्ड’ बन्यो ।

मरिच आफ्नै रागले चाउरिन्छ भनेझैँ राज्य व्यवस्था र नेकपा एमाले ओलीको व्यक्तिवादी सनकका कारण संकटमा परेको छ ।

पाँच महिनामा २ पटक प्रतिनिधिसभा विघटन गर्ने ‘कलंकित’ इतिहास ओलीले बनाइसक्नुभएको छ

।‘म भाचिन्छु तर झुक्दिन’ भन्ने अहमता नेकपा एमाले र स्वयं अध्यक्ष ओलीको पतनको यात्रा हो ।

बेलैमा नसच्चिए कम्युनिष्ट सिद्धान्तप्रति जनविश्वासको स्खलन हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here