कृषि ज्ञान केन्द्र रौतहटले आ. ब. २०८१/०८२ को लाभ लगत विश्लेषण कार्याशाला गोष्ठी सम्पन्न

Exif_JPEG_420

मेवालाल यादव 

frontline

पुस , २९ रौतहट 

कृषि ज्ञान केन्द्र रौतहटले आ.ब. २०८१/०८२ को लाभ लगत विश्लेषण कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ। यस गोष्ठीको उद्देश्य कृषि क्षेत्रमा आर्थिक तथा व्यावसायिक क्रियाकलापको विश्लेषण गर्दै उत्पादकत्व वृद्धि र कृषकहरूको आयस्तर सुधार गर्ने योजना निर्माण गर्नु पर्ने कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताएका छन ।

गोष्ठीमा कृषि, पशुपालन, उद्यमशीलता, बजार व्यवस्थापन तथा नयाँ प्रविधिहरूको प्रभावकारी उपयोगबारे छलफल गरियो। सहभागीहरूले उत्पादन लागत, बजार मूल्य र मुनाफाको विश्लेषण गरी आगामी योजनाहरू तयार पारेका वहाँले बताए ।

Exif_JPEG_420

कार्यक्रममा कृषि क्षेत्रका विज्ञ, कृषक प्रतिनिधि, सहकारी संस्था, तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै, यस गोष्ठीले कृषकहरूलाई आधुनिक कृषि प्रणालीको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले रौतहट जिल्लाको सदरमुकाममा रहेको आशीर्वाद होटलको सभा हल गौरमा कृषि ज्ञान केन्द्रको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को धान , गहुँ , तरकारी तथा उखु बालीहरुको लाभ लगत विश्लेषण कार्याशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्र प्रसाद कुर्मीको अध्यक्ष्ातामा गोष्ठी कार्यक्रम सुरु भएको थियो ।यो कार्यक्रमले स्थानीय स्तरमा कृषिको दिगो विकासको लागि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको वहाँले बताउनु भयो ।

उखु बाली अनुसन्धान कार्यक्रम, जितपुर, बाराका संयोजक दिलबहादुर यादवले उखु उत्पादन वृद्धि, उखु किसानका समस्या, र उखुको उत्पादनसँग सम्बन्धित नयाँ प्रविधि तथा अनुसन्धानका विषयमा जानकारी दिएका छन्। उनले उखु किसानलाई उन्नत जातका उखु बीउ, मलको प्रभावकारी प्रयोग, र उखुको उचित व्यवस्थापनका लागि सल्लाह तथा सहयोग प्रदान गरिरहेको बताएका छन्।

Exif_JPEG_420

त्यस्तै, उनले उखु खेतीको उत्पादकत्व बढाउनका लागि वैज्ञानिक अनुसन्धान र प्राविधिक सहयोगको महत्वलाई पनि जोड दिएका छन्। साथै, उखु खेतीमा आइरहेका समस्याहरू समाधान गर्न किसानहरूसँग प्रत्यक्ष संवाद गरी नयाँ योजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गरेका छन्।

फलफूल बगैंचा तथा नर्सरी विकास केन्द्रका संयोजक राजीव यादवले फलफूल उत्पादन र नर्सरी विकाससँग सम्बन्धित विषयमा आफ्नो धारणा राखेका छन्। उनले फलफूल बगैंचामा उन्नत प्रविधिको प्रयोग, उत्पादन वृद्धि, र कृषकलाई आवश्यक पर्ने बीउ तथा बिरुवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको जानकारी दिएका छन्।

Exif_JPEG_420

उनले स्थानीय कृषकहरूलाई फलफूल खेतीका लागि उन्नत जातका बिरुवा, मलखाद व्यवस्थापन, र रोग नियन्त्रणका उपायहरूबारे तालिम तथा सल्लाह प्रदान गरिरहेको बताएका छन्। साथै, नयाँ प्रविधिहरूको विकास, अनुसन्धान, र यसको व्यावसायिक विस्तारमार्फत फलफूल खेतीलाई आर्थिक दृष्टिले लाभदायक बनाउने केन्द्रको उद्देश्य रहेको उनले जोड दिएका छन्।

Exif_JPEG_420

सो गोष्ठीमा रौतहट जिल्लाका १८ स्थानीय तह जस्तैः गौर नगरपालिका , राजदेवी नगरपालिका , परोहा नगरपालिका ईशनाथ नगरपालिका , बौधिमाई नगरपालिका , देवाही गोनाही नगरपालिका , मौलापुर नगरपालिका , कटहरिया नगरपालिका , फतुवा बिजयपुर नगरपालिका , गुजारा नगरपालिका चपुर नगरपालिका , वृदावन नगरपालिका गढिमाई नगरपालिका , माधवनारायण नगरपालिका , गरुडा नगरपालिका , राजपुर नगरपालिका , दुर्गाभगवती गाउँपालिका , यमुनामाई गाउँपालिका किसानहरु , पत्रकार , सुरक्षाकर्मी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here