कृषि एम्बुलेन्स सञ्चालन राप्ती गाउँपालिका

राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषकहरूको  समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले तरकारी संकलन तथा बिक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

पालिकाको वडा नम्बर ८ सिसहनियाँ नयाँबजारमा स्थापना भएको उक्त केन्द्रको शुक्रबार लुम्बिनी प्रदेशका निवर्तमान भौतिक विकास मन्त्री इन्द्रजित थारूले उद्घाटन गरेका छन्।

frontline

तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना र कृषि एम्बुलेन्स सञ्चालनमा आए पछि किसानले उत्पादन गरेका कृषि उपजहरुलाई बजारसम्म लैजान सहज हुने पालिकाका अध्यक्ष प्रकाश विष्टले विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here