काबुल बम विस्फोटको मुख्य योजनाकार मारिएको दाबी

एजेन्सी । अमेरिकी सेनाले अफगानिस्तानमा हवाई हमाला गरेको छ। काबुल विमानस्थलमा बम विस्फोटको बदला लिन अमेरिकाले आतंकवादी समूह आइएसविरुद्ध हवाइ हमाला गरेको हो।

अमेरिका सेनाले मानवरहित विमानबाट आइएसआइए–के रहेको क्षेत्रमा हवाई हमला गरेको हो। उक्त हमलामा काबुल बम विस्फोटका मुख्य योजनाकार मारिएको दाबी गरिएको छ।

frontline

हवाई हमलापछि अमेरिकाले काबुल विमानस्थलबाट मानिसहरुलाई हट्न आग्रह गरेको छ। अमेरिकाले त्यहाँ पुनः आतंकवादीले हमला गर्ने खतरा रहेको भन्दै मानिसहरुलाई अन्यत्र जान भनेको हो।

पेन्टागनले आइएसआएस–के रहेको क्षेत्रमा ड्रोन हमला गरिएको र त्यस क्षेत्रलाई पारिएको दाबी गरेको छ।

बिहीबार भएको काबुल बम विस्फोटमा अमेरिकी सैनिकसहित सयौं मानिसको ज्यान गएको थियो। उक्त विस्फोटको जिम्मा आइएसआएस–केले लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here