काण्डै काण्डले भरिएका नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल

एम एल यादव
जेष्ठ १६ रौतहट
काण्डै काण्डले भरिएका नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालमा बिगत लामो समयदेखि नयाँ – नयाँ दरो सेटिंगको भरमा कार्यालय सहयोगी देखि लेखा अधिकृतको रुपमा प्रख्यात पवन कुमार न्यौपाने समन्धित सबैलाई खुशीपार्दै नेपाल भरिनै आखां अस्पतालको प्रयोजनमा आउने सामाग्रीहरु, इकुमेंटहरु बिभिन् अस्पतालहरुमा खुलेयाम बिक्रि बितरण गर्दै गरेको र नियामक निकायहरु र सरकारी निकायहरु समेत मौन रहेको कुरा श्रोतले दाबी गरेका छन्। आँखामा लाग्ने लेन्स र अरु सामानहरु निर्बाद रुपमा बिग लामो समयदेखि गर्दै आई रहदां पनि नियामक निकायहरु किन चुप रहेका होलान् ? भने कुरा आम जनताहरुलाई गम्भीर रुपमा आशंका हुन् थालेका छन्। सप्लाई गर्दै आएका कुरा एक ब्यापारीले नाम नबताउने सर्तमा प्रमाण सहित जानकारी गराए। केहिदिन अगाडी स्वास्थ्य बिमा शाखामा कार्यरत कर्मचारी राम प्रित यादव माथि लिखित रुपमै परेको उजुरी माथि कुनै प्रक्रिया बढेको छैनन् भने त्यहाँ अस्पताल मै सहायकले बेला बेलामा कार्यरत कर्मचारी चस्मा फाँटका कर्मचारीहरूले निर्बाद रुपमै कानुन बिपरित अस्पताल लाई अहित हुनेगरी अस्पतालकै मुलगेटमा चस्मा पसल थाप्न लगाएका हुन् । अस्पतालको मुलगेटमा चस्मा पसल कानुन बिपरित निर्बाद रुपमा चलिरहँदा अस्पतालमा आउने बिरामीलाई आफ्नो व्यक्तिगत लाभ लिनको लागि झन्झटिला प्रक्रिया बताउने र चस्माको पावर नरहेको कुरा बताएर दिनहुँ खुलेयाम व्यापार फस्टाई रहेका कुरा अधिकांश चस्मा पसलेले दुखेसो पोखेका छन्। दिनहु व्यक्ति लाभमा उत्प्रेट भई रहेका कुरालाई नकार्न नमिले कुरा त्यहीका अधिकाश चस्मा पसलेहरुले खुलेयाम आरोप लगाएका छन्। यस लजास्पद कुरा अधिकृत कै रुपमा रहेका सुरेश कुमार साह दिनभरी अस्पतालका सेवा सुबिधा लिदां पनि दिनभरी आफ्नी श्रीमती सुलेखा कुमारी कि नामले कार्यलय समयमै कामकाज गर्दै गर्दापनि सोहि कक्षमा रहेका लेखा अधिकृत पवन कुमार न्यौपाने मुकदर्शक बनेर सघाउने तथा मिलिजुली व्यक्तिगत काम मै मस्त देखिन्छ।प्रमाणकै रुपमा लिनुपर्दा खुलेयाम बिगत लामो समयदेखि निर्बाद रुपमा गर्दै आएका नयाँ स्वास्थ्य बिमालेख को सम्पूर्ण कागजातहरुमा सुलेखा कुमारी कि किर्ते हस्ताक्षर सुरेश कुमार साहले गरेको सप्र्नामा नै फेला परेका छन्। स्वस्थय बिमाका बिषयमा पहिलानै घटना सामाजिक संजालमा आएपनि कहिकतैवाट खण्डन नहुनु गम्भीर सड्यन्त्र रहेको कुरा खुलेका छन्। अझ त नेपाल सरकारले सिंहदरवारको अधिकार गाउँमै दिएपनि सो अस्पतालका लागि तानासाही शैलीमा केन्द्रले अधिकार जमाई रहेका छन् भने दुःखको कुरा त सम्बन्धित ठाउँको नगरप्रमुख लाई नियम सम्बत अस्पताल ब्यबस्थापन समितिमा राख्नु पर्ने प्रावधान भएपनि कानुन विपरीत समिति न नराख्नु नै कहिँ कतै ठुलै सजिशको आकलनलाई नकार्न सकिन। गौरको गौरब गौर आँखा अस्पतालको संरक्षण कसले गर्ला भने आम जनताहरु को मनमा नन्नाथारिका प्रश्न खडा हुनु सोभाबिक भएकाले समन्धित निकायहरु र सरोकारवाला निकायहरु समयमै ध्यान नदिए गौरको गौरब गौर आँखा अस्पताल नामकै कागजमा सिमित रहेन प्रति सचेत रहन सबैमा आमजनताहरुले मिडिया समक्ष जानकारी उपलब्ध गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

poster-here