कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति विभाग र सहकारी विभागकोको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गराएका छन्।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेका आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले शुक्रबार नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ,आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे,सलामसिंह तामाङ,थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गराएका हुन्।
त्यसैगरी सभापति देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।

frontline

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित|) को धारा २५ (९) बमोजिम सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागको सदस्यमा तल उल्लेखित व्यक्तिहरूलाई मनोनयन गरेका हुन।

मनोनयन भएका सदस्यहरू

१ श्री भानुभक्त ढकाल, बागमती प्रदेश

२ श्री चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश

३ श्री डिल्लीराम तिवारी, गण्डकी प्रदेश

४ श्री राजेन्द्र पौडेल, बागमती प्रदेश

५ श्री गोमा नेपाल, कोसी प्रदेश

६ श्री पदम दाहाल, कर्णाली प्रदेश

७ श्री विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश

८ श्री शम्भु घिमिरे, बागमती प्रदेश

९ श्री नवराज न्यौपाने, लुम्बिनी प्रदेश

१० श्री कृष्ण खनाल, कोसी प्रदेश

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here