कर विवरण नबुझाउने हजारौं करदाताको दर्ता एकसाथ निलम्बन, कारोबार नगर्न सूचित

आन्तरिक राजस्व विभागले ११ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको दर्ता निलम्बन गरेको छ।
  • विभागले १५ दिने अल्टिमेटम दिएको र कर विवरण नपेस्ने करदाताको नाम वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
  • दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरेपछि निलम्बन हट्ने व्यवस्था छ।

११ जेठ, काठमाडौं । कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन भएको छ ।

आन्तरिक राजस्व विभागले ११ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । विभागले १५ दिने अल्टिमेटम समेत दिएको थियो ।

सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो ।

र, उक्त अवधिभित्र अधिकांश करदाताले यस्तो विवरण नबुझाएपछि विभागको ९ जेठको निर्णय अनुसार भ्याट दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । विभागले यस्ता करदाताको नाम वेबसाइट मार्फत सार्वजनिक समेत गरेको छ ।

विभागले यसरी निलम्बनमा परेका करदातासँग खरिद–बिक्री नगर्न सरोकारवाला सबैमा सूचित गरेको छ ।

यसरी दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरी कारोबार नियमित गरी दर्ता गर्न चाहे सबै अवधिको कर विवरण पेस गरेपछि ‘सस्पेन्डेड लिस्ट’ बाट स्वतः हट्ने व्यवस्था गरिएको छ ।

निलम्बन भएका करदाताको निलम्बन रहेको अवधिसम्म निकासी र पैठारी सम्बन्धी सबै कारोबार रोक्न हुने भएको छ ।

तपाईंको दर्ता निलम्बन त भएन ? हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here