ऐतिहासिक सिन्धुलीगढी युद्धमा प्रयोग भएको घरेलु हातहतियार सेनालाई दिइयो

सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको हतियार नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा प्रयोग भएको भाले खुँडा र तरबार सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयमा राख्नेगरी नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।

frontline

कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले आईतबार बिहान सिन्धुलीमा रहेको नेपाली सेनाको ९ नं. बहिनीका बाहिनीपती सहायक रथी धुव्रप्रकाश शाहलाई दुई थान भाले खुडा र एक थान तरबार हस्तान्तरण गरेका हुन ।

मेयर खत्रीले गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध अङ्ग्रेज सेनाबीच भएको निर्णायक युद्धमा वंशुधर थापा मगरले प्रयोग गरेको भाले खुँडा साविक भद्रकाली गाविसका पूर्व अध्यक्ष तथा योद्धा वंशुधरका सन्तान हरिबहादुर थापाको घरमा रहेको एक थान भाले खुँडा र आफ्नै घरमा रहेको एक थान भाले खुँडा त्यसैगरी एक तरबार नेपाली संकलन गरेर नेपाली सेनालाई हस्तान्तरण गरेका थिए ।

नेपालले अङ्ग्रेजमाथि विजय प्राप्त प्राप्त गरेको स्थलमा बन्न लागेको युद्ध सङ्ग्रहालयमा राख्नका निमित्त युद्धकालीन समयमा प्रयोग भएका ऐतिहासिक घरेलु हतियारको खोजी गरी रहेको र सोहि अनुरुप उनले भने, मेरो घरमा हजुरबुबा सिन्धलीगढीको राइटर भएर आनुभयो त्यहि समयमा उहाँले प्रयोग गरेको हतियार हस्तान्तरण गरेको मेयर खत्रीले बताए।

त्यसैगरी ९ नं. बहिनीका बाहिनीपती सहायक रथी धुव्रप्रकाश शाहले सिन्धुलीगढी युद्ध संग्राहलय निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘युद्ध संग्रालय निर्माण सँगै मुख्य चुनौतिको रुपमा रहेको तत्कालीन युद्धको समयमा प्रयोग भएको हतियारहरु र युद्ध संग सम्बन्धीत सामाग्रीहरु संकलन कार्य एउटा चुनौतिको रुपमा रहेको छ ।’ केहि सामाग्रीहरु संकलन गर्ने कार्यक्रम अन्र्तगत आज हामीले कमलामाई नगरपालिकाका मेयर साप को सहयोगमा उहाँको घरमा रहेको र उहाँले संकलन गरेका र उहाँको घरमा रहेको सामाग्रीहरु घरमा नै आएर संकलन गरेका छौ । सेनाले हाल सम्म युद्धकालीन समयमा प्रयोग भएका ७ थान खुँडा खुकुरी र १ थान धनुवाण संकलन गरेको समेत बाहिनीपती सहायक रथी शाहले जमनकारी दिए ।

सिन्धुलीको कमलामाई–३ मा रहेको ऐतिहासिक महत्वको सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको निर्माणसँगै तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार तथा ऐतिहासिक सामग्रीको खोजी थालिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here