एसिया डरलाग्दो असन्तुलनतर्फ अघि बढ्दै छ

एसियाका अमेरिकी साझेदारहरूलाई आपसमा बाँधिराख्ने तत्त्व कमजोर भएको छ
अहिले अमेरिकी विदेश नीतिमा देखा परेको भद्रगोलका कारण विश्व राजनीतिका केही आधारभूत पक्षतर्फ हाम्रो ध्यान नपुगेको हुन सक्छ । अहिले हाम्रो ध्यान अमेरिकामा चर्चा चलिरहेको ‘सिग्नलगेट’, रुस–युक्रेन सम्झौता जस्ता कुराले खिचेका छन् । ट्रम्प प्रशासनले युरोपप्रति देखाएको वैमनस्यता, व्यापार युद्धको सम्भावना, क्यानडासँगको सम्बन्ध बिगार्ने आत्मघाती कदम तथा अमेरिकाभित्रका लोकतान्त्रिक संस्थाहरूमा व्यवस्थित हमलाजस्ता सन्दर्भले हामीलाई व्यस्त बनाएको हुन सक्छ । यस्ता वाहियात गतिविधिले तपाईंलाई दिक्क बनाइरहेकै होला । यस्तो धेरैलाई भएको छ । तपाईं एक्लो हुनुहुन्न ।




म तपाईंहरूको ध्यान अमेरिकाका ‘हेडलाइनहरू’ बाट हटाएर केही क्षण अन्यत्र लैजान चाहन्छु । दीर्घकालीन प्रभाव पार्ने एउटा ठुलो सन्दर्भमा केन्द्रित गर्न खोज्दैछु । त्यो हो– एसियामा अमेरिकी गठबन्धनको भविष्य । अमेरिकी रक्षामन्त्री पेटे हेग्सेथ अहिले चलिरहेको यमन आक्रमण सम्बन्धी सूचना चुहावटको छलफलबाट थोरै हटेर एसियाका आफ्ना मित्रहरूलाई थुमथुम्याउँदै छन् । म उनलाई शुभकामना भन्न चाहन्छु । आजको दिनमा उनको अनुभवहीनता र अमेरिकी प्रशासनको भद्रगोल नीति मिसिँदा एसियामा रहेका मित्रहरूलाई ढुक्क बनाउने काम त्यति सजिलो पक्कै हुँदैन ।
म यो सन्दर्भलाई शक्ति सन्तुलनको सिद्धान्तका आधारमा सहज रूपमा व्याख्या गर्छु । यो कथाको सुरुवात चीन असाधारण रूपमा गरिब, प्राविधिक रूपमा पछौटेपनको सिकार हुँदै कमजोर सैन्य अवस्थाबाट माथि उठेर संसारको दोस्रो शक्ति बनेकोबाट हुन्छ । यससँगै चीनले दक्षिण चीन सागरमा आफ्नो सीमा कायम गर्न गरेको अनवरत प्रयत्न तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थामा फेरबदल गर्न खोजेको सन्दर्भ आइपुग्छ ।
कथामा आएको यस्तो नाटकीय परिवर्तनले अमेरिका तथा चीनका सबैजसो छिमेकीलाई झस्काएको छ । फलस्वरुप सन्तुलनकारी गठबन्धनहरू बन्ने क्रम सुरु भयो । सुरु अमेरिकाको विद्यमान एसियाली गठबन्धनबाट भएर विस्तारै अन्य राज्यहरू पनि मिसिन थाले । यस्तो गठबन्धनको उद्देश्य प्रस्ट थियो– चीनलाई यस क्षेत्रमा वर्चस्व स्थापना गर्नबाट रोक्नु । यस्तो प्रयत्नको मुख्य कुरा भएको यस क्षेत्रमा अमेरिकी सैन्य शक्ति थपिँदै जानु हो । अस्ट्रेलिया, बेलायत, अमेरिकाबिचको ‘अकस’ सम्झौता पनि यसै अन्तर्गत पर्छ ।
चीन हातमा दही जमाएर बसेको छैन । धेरै अवस्थामा ऊ सफल हुँदै गइरहेको छ । डिपसिकको सुरुवात केवल ‘स्पुतनिक मोमेन्ट’ मात्रै होइन । यसले त चिनियाँ प्रविधि विकासमा अमेरिकी प्रतिबन्ध तथा अवरोधका बाबजुद आविष्कारमा देखाएको क्षमतातर्फ इंगित गर्छ ।
अमेरिका, जापान र दक्षिण कोरियाबिच क्याम्प डेभिडमा हस्ताक्षर भएको थप उन्नत सुरक्षा सहकार्य सम्झौता पनि पर्छ । फिलिपिन्सलाई उसको विद्यमान बाटो फेरेर अमेरिकासँग सम्बन्ध अझै गहिरो बनाउन सम्झाउनु पनि यसमै पर्छ । भारतसँगको सुरक्षा सहकार्यको विस्तार पर्छ । साथै अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित ‘क्वाड’ पनि यसमै पर्छ । अर्को सङ्केत ताइवानलाई व्यापक क्षेत्रीय समर्थन पनि पर्थ्यो । यसै क्रममा जापानका तत्कालीन रक्षामन्त्री नोबुओ किशीले सन् २०२१ को जुनमा एक वक्तव्यमा भनेका थिए, ‘ताइवानको शान्ति र स्थायित्व जापानसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।’
उक्त कथाको सार प्रस्ट छ । अमेरिका र उसका एसियाली सहकर्मीबिच गठबन्धनलाई अझ कसिलो बनाउने शक्तिशाली र स्पष्ट कारणहरू छन् । यसमा ह्वाइट हाउसमा को राष्ट्रपति हुन्छ भन्ने कुराले फरक पार्दैन । साथै यसले अर्को आशाप्रद निष्कर्ष पनि दिन्छ । शक्ति सन्तुलन सोचेजस्तै जानेछ र, चीनले यस क्षेत्रमा वर्चस्व स्थापना गर्ने प्रयास आत्मघाती हुनेछ ।
माथिको कथा सुन्नमा राम्रो छ । मलाई यो सरल कथा राम्रो लाग्छ । त्यसमा केही उल्लेखनीय सत्य पनि छ भन्ने लाग्छ तर, यसमा प्रश्न गर्न सकिने कारणहरू दिनानुदिन बढ्दै गएका छन् । यहाँनिर कुनै गल्ती गर्नु नहुने अवस्था छ । अझै भन्नुपर्दा सबै ठिकै छ भनेर बस्ने अवस्था छैन ।
जब राज्यहरू खतरा महसुस गर्छन्, उनीहरू आफैँ अघि सर्नुको सट्टा अरूले नै बढी खतरा मोलिदिए हुन्थ्यो भन्ने ठान्छन् । यो पुरानै रोग हो, जुन आजका दिनमा पनि कायमै छ । यसलाई हल गर्न बलियो गठबन्धन नेतृत्व र दिगो कूटनीति चाहिन्छ ।
चीन हातमा दही जमाएर बसेको छैन । उसले नयाँ अवस्थामा आफूलाई समायोजन गर्दै बढेको छ । धेरै अवस्थामा सफल हुँदै गएको छ । डिपसिकको एआई मोडेलको सुरुवात केवल ‘स्पुतनिक मोमेन्ट’ मात्रै होइन । यसले त चिनियाँ प्रविधि विकासमा अमेरिकी प्रतिबन्ध तथा अवरोधका बाबजुद आविष्कारमा देखाएको क्षमतातर्फ इंगित गर्छ । चीनले चिप बनाउने तथा ‘क्वान्टम कम्प्युटिङ’ मा अगाडि बढ्न घरेलु प्रयासमा निरन्तर लगानी गरिरहेको छ ।
विद्युतीय सवारीजस्ता हरित प्रविधिको क्षेत्रमा त अमेरिकालाई पछि पारेर अग्रणी स्थान हासिल गरिसकेको छ । चीनका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरू निरन्तर सुधार भइरहेका छन् । यति नै बेला अमेरिकामा भने ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयलाई ब्यर्थै निसाना बनाइरहेको छ । अनुसन्धान र विकासमा सङ्घीय सरकारको खर्च कटौती गरिरहेको छ । अमेरिकी वैज्ञानिकलाई आफ्ना वैदेशिक समकक्षीहरूसँग सहकार्य असहज बनाइरहेको छ । अझै पनि तपाईं अमेरिकाले सधैँ प्रविधिको क्षेत्रमा अगुवाइ गर्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाईंले पुनर्विचार गर्ने समय आइसक्यो ।
दोस्रो, एसियामा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण साझेदारमा पर्ने दक्षिण कोरिया राजनीतिक अस्थिरतामा छ । सन् २०२४ को डिसेम्बरमा दोहोर्याएर ‘मार्सल ल’ लगाउन खोजेपछि त्यहाँका राष्ट्रपति युन सुक–यिओललाई महाअभियोग लगाइएको छ । अहिलेको सङ्कट समाधान भएर स्थायित्व पुनर्स्थापित भएको खण्डमा पनि दक्षिण कोरियाली समाज भने तीव्र रूपमा ध्रुवीकृत नै रहनेछ । विपक्षी दलका नेता ली जाए–म्युङले राष्ट्रपतिको निर्वाचन जित्ने सम्भावना धेरै छ । लीले विगतमा अमेरिकासँगको सम्बन्धबारे शङ्काको दृष्टि राखेर हेर्ने गरेका थिए । साथै उनी चीन र उत्तर कोरियासँग मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्ने धारणा राख्थे ।
ट्रम्प र मस्क केही महत्त्वपूर्ण संस्थामाथि पनि आक्रमण गर्दैछन् । अनुभवी अधिकारीहरूका ठाउँमा आफ्ना समर्थक भर्ती गर्दैछन् । राष्ट्रिय सुरक्षा परिषद् तथा रक्षा मन्त्रालयमा आलाकाँचा युवा पठाउँदैछन् ।
तेस्रो, चीनले जनसङ्ख्याको क्षेत्रमा गम्भीर समस्या सामना गरिरहेको छ । जापान र दक्षिण कोरियाको अवस्था पनि त्यस्तै छ । ताइवानको मध्य उमेर ४४ वर्ष छ । दक्षिण कोरियाको ४५ वर्ष छ । जापानको त लगभग ५० वर्ष छ । अमेरिकाको ३८ वर्ष हाराहारी छ भने चीनको ४० वर्षभन्दा थोरै बढी छ । यसको विपरीत भारत, इण्डोनेसिया तथा फिलिपिन्सको जनसङ्ख्या भने जवान छ । यी मुलुकको मध्यका उमेर ३० वर्ष छ । अघिल्ला श्रेणीका मुलुकहरूको बुढ्यौली हुँदै गरेको जनसङ्ख्याका कारण सैन्य क्षमतामा उल्लेख्य वृद्धि गर्न अप्ठ्यारो हुँदै जान्छ । जवान युवा–युवतीलाई कामबाट हटाएर सैन्य पोसाकमा उतार्नु पर्दा त्यसले अर्थतन्त्रमा धक्का हान्ने निश्चित छ ।
साथै त्यहाँ सामूहिक कार्यको क्षेत्रमा पनि समस्या छ । जब राज्यहरू खतरा महसुस गर्छन्, उनीहरू आफैँ अघि सर्नुको सट्टा अरूले नै बढी खतरा मोलिदिए हुन्थ्यो भन्ने ठान्छन् । यो पुरानै रोग हो, जुन आजका दिनमा पनि कायमै छ । यसलाई हल गर्न बलियो गठबन्धन नेतृत्व र दिगो कूटनीति चाहिन्छ तर, यस्ता कुरा अबका केही वर्ष यथेष्ट मात्रामा पाइन्छ भन्ने अवस्था नै छैन । यसले मलाई फेरि तानेर ट्रम्प प्रशासनमा ल्याइपुर्याउँछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आर्थिक र सैन्य प्रतिस्पर्धी भनेका छन् । उनको प्रशासनमा चीनप्रति कडा रवैया राख्ने प्रभावशाली मानिस मुख्य भूमिकामा छन् । चीनसँग जुध्ने मामलामा अमेरिकामा द्विपक्षीय समर्थन भेटिन्छ । अमेरिकी ठुला व्यापारीहरू खास गरेर एलन मस्क जस्ता व्यापारी चीनसँग जुध्न चाहँदैनन् । यसो गर्दा उनीहरूको आफ्नै व्यापार र बेइजिङसँगको व्यापारिक सम्झौतामा दखल पर्छ । ट्रम्पले विगतमा पनि ताइवानको रक्षा गर्ने कुरामा संशय देखाएका थिए । उनको प्रशासनको सुरुवाती काम नै ताइवानको चिप निर्माता कम्पनी ‘टीएसएमसी’ लाई अमेरिकामा केही वर्षभित्रमा १ सय बिलियन अमेरिकी डलर बराबरको लगानी गर्न दबाब दिने थियो ।
ट्रम्प आफूलाई सिद्धहस्त सम्झौताकार ठान्छन् । भलै यस मामलामा उनको विगत त्यति आकर्षक छैन् । उनी चीनका राष्ट्रपति सी जिनपिङसँग कुनै प्रकारको सौदावाजी गर्न चाहन्छन् । सीसँग आफ्नो राम्रो सम्बन्ध भएको दाबी पनि गर्ने गर्छन् । यस्तो अवस्थामा उनी के गर्लान् ? हामीले यो कुरा सहजै अनुमान गर्न सक्दैनौँ । उनले चीनलाई कसरी हेर्छन् भन्ने पनि स्पष्ट छैन । उनी एसियामा के गर्न चाहन्छन् भन्ने पनि प्रस्ट छैन ।
ट्रम्प आफूलाई सिद्धहस्त सम्झौताकार ठान्छन् । उनले के गर्लान् ? कसैलाई थाहा छैन । उनले चीनलाई कसरी हेर्छन्, एसियामा के गर्न चाहन्छन् भन्ने पनि प्रस्ट छैन । ट्रम्पको संरक्षणवादी नीतिले आफ्ना साझेदार तथा दुस्मनलाई उस्तै व्यवहार गर्छ ।
ट्रम्पको संरक्षणवादी नीतिले आफ्ना साझेदार तथा दुस्मनलाई उस्तै व्यवहार गर्छ । यस्तो नीति र चीनलाई रोक्ने रणनीति एक–आपसमा बाझिन्छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ‘ट्रान्स–प्यासिफिक पार्टनरसिप’ को अन्त्य गर्नेदेखि अहिले अमेरिकासँग एसियाका लागि कुनै गम्भीर आर्थिक रणनीति छैन । वाइडेन प्रशासनले पनि नयाँ नीति ल्याएन । भर्खरै ट्रम्प प्रशासनले सवारी साधनमा बढाएको भन्सारले दक्षिण कोरिया र जापानलाई ठुलो मार पार्छ । यसले एकताको वातावरण खल्बल्याउछ । बेइजिङले यसको फाइदा उठाउन कुनै विलम्ब गरेन ।
चीनका विदेशमन्त्री वाङ यीले भर्खरै जापान र दक्षिण कोरियाका अधिकारीहरूसँगको भेटमा व्यापार तथा स्थायित्वमा ‘ठुलो सम्भावना’ मा जोड दिए । उनले ती मुलुकलाई ‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो हुने’ समेत भन्न भ्याए । ट्रम्प र मस्क केही महत्त्वपूर्ण संस्थामाथि पनि आक्रमण गर्दैछन् । अनुभवी अधिकारीहरूका ठाउँमा आफ्ना समर्थक भर्ती गर्दै छन् । राष्ट्रिय सुरक्षा परिषद् तथा रक्षा मन्त्रालयमा आलाकाँचा युवा पठाउँदै छन् । म यदि एसियामा अमेरिकाको साझेदार हुन्थेँ भने पक्कै पनि यस्तो रवैयाबाट धेरै चिन्तित हुन्थेँ ।
अन्तमा, हामीले राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भने अमेरिकाको आधारभूत चरित्रमै हेरफेर हुन थालेको परिस्थितिमा एसियाका अमेरिकी साझेदारहरूलाई आपसमा जोडेर राख्ने तत्त्व कमजोर हुँदै गएको छ । एसियामा अमेरिकी साझेदारहरू फरक पृष्ठभूमिका छन् । उनीहरूमध्ये धेरै ठाउँमा विगतमा तानशाही व्यवस्था थियो । अहिले उनीहरू प्रायः सबै लोकतान्त्रिक छन् । अब अमेरिका आफैँ अधिनायकवादको बाटोमा जाने हो भने एकताको आधार बाँकी नै रहँदैन किनभने त्यस्तो बेला चीन र अमेरिकाको राजनीतिक व्यवस्थामा धेरै फरक देखिन छोड्छ ।
म आफूलाई राम्रै यथार्थवादी चिन्तक ठान्छु । मलाई मैले भनेको कथाको केही महत्त्व पक्कै छ भन्ने लाग्छ । चौतर्फी अराजकतमा रहने राज्यहरू प्रत्येक खतराप्रति ज्यादै संवेदनशील हुन्छन् । शक्तिशाली तथा बढ्दो महत्त्वकांक्षासहितको चीनले उसका छिमेकीहरू तथा अमेरिकालाई एकसाथ भएर काम गर्न तथा बेइजिङको प्रभाव रोक्न बहाना दिन्छ । यो सन्दर्भमा मैले अनुमान गर्नैपर्ने भयो भने मेरो अनुमान अनुसार अमेरिकाका एसियाली साझेदारहरू जोगिन सक्छन् ।
किनभने अमेरिका चीनलाई एसियामा वर्चस्वशाली शक्ति भएको हेर्न चाहँदैन । यसबाट रोक्न एसियामा उसका साझेदारहरू विना सम्भव छैन । ती सम्भावित साझेदारहरू चीनको प्रभावक्षेत्रमा बस्न चाहँदैनन् । यो सम्भावनामा म कुनै समय ढुक्क थिएँ तर, आजको मितिमा मलाई पूरा आत्मविश्वास भने छैन भन्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्