एशिया प्रशान्तमा शीतयुद्ध बेलाको जस्तो तनावको स्थिति पैदा नहोस् : राष्ट्रपति शी जिनपिङ
२५ कार्तिक, चीन ।’ चीनका राष्ट्रपति शी जिनपिङले बिहिबार एशिया–प्रशान्त इलाकामा शीतयुद्ध ताकाको जस्तो तनावको स्थिति पैदा हुन नहुने चेतावनी दिएका छन् । न्यूजिल्याण्डमा भइरहेको एशिया–प्यासिफिक इकोनोमिक कोअपरेशनको सम्मेलनका बेला भएको एक बैठकमा भिडियो सन्देशमार्फत् शी जिनपिङले भने, ‘भूराजनीतिक स्तरमा यो इलाकालाई साना गुटमा बाँड्ने कोसिस विफल हुनेछ ।’
उनले भने, ‘एशिया प्रशान्त इलाकामा संघर्षके स्थिति वा शीतयुद्धका बेला मतभेदको स्थिति बन्नु हुँदैन ।’ शी जिनपिङका अनुसार चीन एशिया–प्रशान्त इलाकाको आर्थिक विकासका लागि प्रतिबद्ध छ र यहाँ सबै मुलुकका लागि स्थिति फाइदाजनक भइरहोस् भन्ने चाहन्छ ।
आफ्नो सन्देशमा शी जिनपिङले कोरोना महामारीबाट बाहिर निस्कनका लागि जलवायु परिवर्तनसँग जुध्नका लागि सबै मुलुकलाई सँगै मिलेर काम गर्न अपिल गरे । उनले कोभिड भ्याक्सिनसम्म विकसित देशको पहुँच सहज गर्नेबारे कुरा गरे र मुलुकबीच खोप अभियानको खाल्डोलाई छिटोभन्दा छिटो पुर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘हामीले यो कुरामा सहमत हुनुपर्छ कि भ्याक्सिन विश्वव्यापी हितका लागि हो र हामीले सुनिश्चित गर्नुपर्छ कि यो समान रुपमा सबै मुलुकसम्म पुगोस् ।’
यता बिहिबार चीन र अमेरिका अचानक जलवायु परिवर्तनसँग जुध्नका लागि हातेमालो गर्र्दै काम गर्ने निर्णय गरेको छ ।
शी जिनपिङले जलवायु परिवर्तन साझा चुनौती भएको र यसको सामना गर्नका लागि सबै देश एकसाथ हुनुपर्ने आवश्यकता भएको बताएका छन् ।
अर्को हप्ता हुने अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङको भर्चुअल बैठकअघि भएको यो सम्झौतालाई निकै महत्वपूर्ण मानिएको छ ।
एशिया–प्रशान्त इलाकामा ताइवानको विषयमा अमेरिका र चीनबीच पछिल्ला केही दिनदेखि तनाव बढेको छ । ताइवानको सीमा नजिकै चीनले सैन्य गतिविधि बढाइदिएको छ ।
यसै वर्ष अक्टोबरमा ताइवानको वायुसीमामा चिनियाँ लडाकू उडान देखिएको थियो । यो मामिलामा बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकाले ताइवान आफ्नो रक्षा गर्न सकोस् भनेर सुनिश्चत गर्ने बताएका छन् ।
ताइवान आफूलाई स्वशासित गणतन्त्र मान्छ जबकी चीनले उसलाई आफ्नो हिस्सा मान्छ ।
चीन दक्षिण चीन सागरको एउटा ठूलो हिस्सालाई पनि आफ्नो बताइरहेको छ । यहाँ उनीहरुको थुप्रै कृत्रिम द्वीप पनि बनाइएको छ । यो हिस्सा निकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक् हो र हरेक वर्ष यो इलाकाबाट अर्बौं डलरको व्यापार हुन्छ । यो इलाकाको केही हिस्सामा ब्रुनेई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले आफ्नो बताउने गर्छ ।
यो इलाकामा चीनको बढ्दो प्रभुत्वसँग जुध्नका लागि हालै अमेरिका, बेलायत, अष्ट्रेलियाले अकस नामको एक नयाँ गठबन्धन बनाएको थियो जसअन्तर्गत अष्ट्रेलिया अमेरिकी प्रविधि भएको परमाणु पनडुब्बी खरिद गर्नेछ ।
यो सम्झौतामा चीन त रुष्ट थियो नै फ्रान्सले पनि यसमाथि कडा आपत्ति जताएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई पिठ्यूँमा छुरा घोपे सरह बताएका थिए ।
अष्ट्रेलिया फ्रान्सबाट पनडुब्बी खरिद गर्ने तयारीम थियो तर यो सम्झौतापछि उसले फ्रान्ससँग आफ्नो करार रद्द गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्