एरिकालाई युएसए ओपन करातेमा स्वर्ण र रजत

एरिका गुरुङ अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदकमा चित्त बुझाउनु परेको छ।

सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३-२ ले पराजित भएकी हुन्। त्यसअघि यु २१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् ।

frontline

गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन्।

अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका  थिए। एरिका र विप्लभलालका साथ प्रशिक्षकद्वय दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here