एमाले मुख्यालयमा पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मी आज अपरान्ह एमाले मुख्यालय च्यासल, ललितपुर पुग्नुभएको छ । उहाँ एमाले महासचिव शंकर पोखरेलसँग भेटघाटका लागि अपरान्ह ४ बजेपछि त्यहाँ जानुभएको बताइन्छ
दूतावासका अन्य चार जना कर्मचारीसहित च्यासल पुग्नुभएका राजदूत र महासचिव पोखरेलबीच झण्डै आधा घण्टा कुराकानी भएको थियो । भेटमा दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जानकारी दिइएको छ ।




प्रतिक्रिया दिनुहोस्