एमाले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने

१७ कात्तिक, काठमाडौँ  :  नेकपा (एमाले) आगामी मंसिर १०–१२ मा चितवनमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।

पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् ।

frontline

सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा ९एकीकृत समाजवादी०लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, “पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here