एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने – जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौँमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
सुनसरीको इनरुवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने दाबी गरे ।




“निर्धक्क भएर काठमाडौँ आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको विकल्प खोज्ने अधिकार स्वीकार गरेको छ,गणतन्त्रको विकल्प खोज्ने कुरा संविधान विरोधी होइन“–उनले स्पष्ट पारे ।
अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बरबाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्ट तन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।
“यो राष्ट्रवादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्न लागेको आन्दोलन हो, कुनै विदेशी प्रभाव र उक्साहट छैन“ थापाले थपे । मुलुक युवाविहीनहिन भइसक्यो, भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ, सिङ्गो गाउँका गाउँ धर्म परिवर्तनको चपेटामा छ, बेरोजगारी र कुशासन भनिसाध्य छैन, यस्तो बेलामा जनताले विकल्प खोज्छन्, जनतालाई रोक्ने दुष्साहस कतैबाट नहोस् भन्दै थापाले संवाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रबादिहरुलाई सहमतिको बाटोमा आउन समेत थापाले आमन्त्रण गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिबिसका पुर्ब जिबिस सभापती रमेश श्रेष्ठ, इनरुवाका पुर्ब उपमेयर माधव पोखरेल लगायत दर्जनौँ व्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका थिए । आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् ।
कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल , तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधव आचार्य , रामबिलास मेहता लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्