एमाले अध्यक्ष ओलीले गरे पदभार ग्रहण

फाइल तस्बिर

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा ओलीले पदभार ग्रहण गरेका हुन्।

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा ओली निर्वाचित भएका थिए। ओलीले १,८३७ र रावलले २२३ मत प्राप्त गरेका थिए।

frontline

उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले आफूलाई मात्रै जिताएनन्, सक्रियतापूर्वक साथ दिने नेतालाई पनि टिममा ल्याएका छन्।

यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए। वि.सं. २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।

२०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए उनी, त्यही वर्ष उनी जेलसमेत परेका थिए।

ओली तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए।

ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए।

विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन्।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here