एनसेलमा उत्तानो, नेपालीको राष्ट्रवाद

१ फागुन, काठमाडौं । ०७२ भदौको अन्तिम साता नेपालमा संविधान जारी गर्ने तयारी हुँदै थियो। भारतले संविधान घोषणा रोक्न तत्कालीन विदेश सचिव एस जसशंकरलाई नेपाल पठायो।

उनले संविधान घोषणा स्थगित गर्न नेताहरुलाई दबाब दिए । तर, नेपाली नेताहरूले मानेनन् र असोज ३ मा नेपालले इतिहासमा पहिलोपटक संविधानभसाबाट संविधान जारी भयो। 

frontline

प्रधानमन्त्री एवम् कांग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र मधेशवादी पार्टीका विजयकुमार गच्छदारलगायत एक भएर संविधान जारी गरे।

भारतले नेपालको संविधानमा असन्तुष्टि जनायो र त्यसको तेश्रो दिनबाट अघोषितरूपमा नाकाबन्दी लगायो ।

असोज ६ बाट सुरु भएको नाकाबन्दी लामो समय चल्यो। विश्वभरका नेपालीहरूले भारतको विरोध गरे।

ति देशहरुमा भारतीय दूतावास अगाडि जुलुस निकाले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमण हुँदा त्यहाँ पनि नेपालीहरूले प्रदर्शन गरे । 

भारतको नाकाबन्दी सुरू भएको तेस्रो हप्ता ०७२ असोज २४ गते ओली प्रधानमन्त्री बने । ओलीले खुलेर नाकाबन्दीको विरोध गरे ।

उनले राष्ट्रबादको नारा खुवै उचाले । ओली मात्र होईन, अधिकांश नेपालीले राष्ट्रबाद भन्दै भारतलाई गाली गरे । त्यही राष्ट्रबादको नाराले ओली दोस्रो पटक पनि प्रधानमन्त्री वने।

तर, उनले दुई तिहाईको आफनो सरकार टिकाउन त सकेनन् नै प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनितिक मर्यादा विपरित भेटेर राष्ट्रवादको दोहोलो काढे।

एमाले अध्यक्ष ओलीले राष्ट्रवाद छोडेको धेरै भयो । तर, नेपालीहरुको राष्ट्रवाद अहिलेसम्म उम्लिरहेकै छ। कहिले लिपुलेक, कहिले कालापानी र कहिले दार्चुलाको ब्यास गाउँपालिका २ को मालघाटमा महाकाली नदीमा काटिएको तुईनमा नेपालीको राष्ट्रवाद देख्न पाईन्छ।

यतिवेला भने एमसीसी प्रकरणमा नेपालीहरुमा फेरी राष्ट्रबाद जागेको छ। तर, यो पटकको राष्ट्रवाद भने पक्ष/विपक्षमा विभाजित छ।

कोही एमसीसी नेपालका लागि फाईदाजनक छ भनिरहेका छन् भने कोही देशको सार्वभोम अधिकारमाथि नै धावा वोलेको र अमेरिकी सेना आउने अस्त्रका रुपमा एमसीसीलाई ब्याख्या गरिरहेका छन् ।

तर, विदेशीले चरम शोषण गरेर आन्दोलनमा रहेका एनसेलका कर्मचारीहरुको पीडामा भने नत नेता, नत नागरिक, कसैले पनि वास्ता गरेको छैन। यहाँनेरी भने नेपालीको राष्ट्रवाद निदाएको जस्तो देखिएको छ।

मलेसियाली दुरसञ्चार सेवा प्रदायक कम्पनी एक्जियाटाको नेपाल स्थित एनसेल कार्यालयमा कार्यरत कर्मचारी विगत १० महिनादेखी आन्दोलनमा छन्।

प्रत्येक २/२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने,  गैरकानुनी रुपमा कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाइने, अन्याय पुर्ण सरुवा बन्द गर्नुपर्ने लगायतका माग राखेर कर्मचारीहरु आन्दोलनमा छन्।

१० महिनादेखीको शान्तिपुर्ण आन्दोलनको माग सुनुवाई गर्नु त कता हो कता, एनसेल ब्यवस्थापनले आफ्नै कर्मचारीलाई प्रहरी लगाएर कोर्रा वर्साउन थालेको छ।

कम्पनीका मानव संसाधन तथा प्रशासन प्रमुख युवराज श्रीवास्तवको योजनामा कर्मचारीमाथि दुर्ब््यवहार गराइएको छ।

उनले भारत, पाकिस्तान लगायतका गुप्तचर संस्थाको एजेण्ट हुँ भन्दै कर्मचारीलाई थर्काउने गरेका छन् । श्रीवास्तवले वमले उडाईदिन्छु भन्दै धम्क्याउने गरेको पीडित कर्मचारीहरु वताउँछन्।

एनसेलमा यौन दुब्र्यवहारको चर्चा पनि उत्तिकै छ। एचआर म्यानेजर श्रीवास्तव र चिफ कमर्सियल अफिसर प्रदिप श्रीवास्तवको नाम यौन प्रकरणमा जोडिने गरेको छ।

अनावश्यक रुपमा महिला कर्मचारी प्रति नजिक हुने, अपनत्व देखाउँने तथा असभ्य ब्यवहार गर्ने गरेको उनीहरुमाथि आरोप छ।

एनसेल नेपालमा रहेपनि त्यसमा विदेशी नागरिकको रजाई छ। एनसेलका सिईओ (प्रमुख कार्यकारी अधिकृत) एण्डी चोङ मलेसियन नागरिक हुन।

एचआर प्रमुख युवराज श्रीवास्तव र चिफ कमर्सियल अफिसर प्रदिप श्रीवास्तव दुवै भारतीय नागरिक हुन। एनसेलमा उनीहरुकै रजाई चल्छ।

यसवाहेक पनि ठुला र महत्वपुर्ण पदमा भारतीय नागरिककै वर्चश्व छ। तल्ला र निम्छरा पोष्टमा मात्रै नेपालीलाई काममा लगाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here