एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसी अनियमितता सम्बन्धी अनुसन्धान सुरु गरेको छ।
  • मन्त्रालयले छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको र एक महिनाको समय दिएको जनाएको छ।
  • अनियमितता भेटिएमा कारबाहीको सिफारिस गर्ने र नीतिगत सुधारको प्रस्ताव गर्ने कार्यदलको योजना छ।

frontline

३ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।

मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार प्रकाशित भएको थियो ।

देश अनुसार फरक-फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ । ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन् ।

योसँगै शिक्षा मन्त्रालयले छानबिन कार्यदल नैगठन गरेर अनुसन्धान सुरु भएको बताएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

मन्त्रालयका अनुसार शिक्षामन्त्री रघुजी पन्तले निश्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

अनियमितता भएको भेटिएमा कार्यदलले कारबाहीको लागि सिफारिस गर्ने छ ।

छानबिन र अनुसन्धान कार्यदललाई एक महिनाको समय दिइएको छ । ‘विभिन्न सवाल उठेको छ । सेवाग्राहीबाट असुविधा भएको गुनासो आएका छन् । अध्ययन गर्न कार्यदल बनाइएको हो’, प्रवक्ता सापकोटाले भने ।

कार्यदलले एनओसीमा भइरहेको विकृतिबारे अध्ययन अनुसन्धान गरेर नीतिगत सुधारको प्रस्ताव पनि गर्ने छ ।

कार्यदलका संयोजक काप्रीले समितिले काम सुरु गरेको बताए । ‘कार्यदलले काम सुरु गरेको छ’,  उनले भने, ‘अनियमितताको विषय पनि उठेको छ । कार्यदलले समग्र अध्ययन गर्छ ।’

एनओसी |छानबिन कार्यदल |शिक्षा मन्त्रालय

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here