एकै दिन दुई हात्ती मृत भेटिए

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सोमबार बिहान कोशी प्रदेशका सुनसरी र झापामा दुई हात्ती मृत भेटिएका छन्।
  • दुवै हात्तीको मृत्युको कारण खुल्न सकेको छैन र अनुसन्धान भइरहेको छ।
  • मृत हात्तीहरू जंगली वन क्षेत्रमा भेटिएका हुन्।

frontline

२ असार, विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा एकै दिन दुई वटा हात्ती मृत भेटिएका छन् । सोमबार बिहान सुनसरी र झापामा दुई हात्ती मृत फेला परेका हुन् ।

सोमबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो । कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा अन्दाजी ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो । हात्तीको मृत्युको कारण खुलेको छैन ।

सोमबार बिहान नै झापाको मेचिनगरमा पनि हात्ती मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका– १ गणेश टोलमा रहेको मकैबारीमा बयस्क पोथी हात्ती मृत भेटिएको छ ।

दुवै हात्तीको मृत्युको कारण खुलेको छैन । हात्तीको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हात्ती

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here