उपत्यकाका तीन जिल्लाबाट निजी संस्थाले फोहोर संकलन गरेबापत उठाउँछ वार्षिक साढे तीन अर्ब

३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन् ।

तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ। ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत सिकार बन्न बाध्य छन् ।

frontline

यही जेठमा मात्र उपत्यकाको फोहोर दुई साताभन्दा धेरै समय उठेन। काठमाडौं उपत्यकाका तीन जिल्लामा फोहोर संकलन गर्ने निजी तथा गैरसरकारी संस्था ७० वटाभन्दा धेरै छन् ।

यी संस्थाले उपत्यकाका तीन जिल्लाका करिब ६ लाख स्थानबाट फोहोर संकलन गर्दै आएका छन्। २०७८ सालको प्रारम्भिक जनगणनाअनुसार काठमाडौं उपत्यकाको घरसंख्या ४ लाख ४४ हजार छ ।

एउटै घरमा धेरै व्यवसाय हुने र धेरै परिवार बस्ने भएकाले करिब ६ लाख स्थानबाट फोहोर उठाउने गरिन्छ।

फोहोर उठाएबापत ती संस्थाले सर्वसाधारण, व्यावसायिक संस्था र कार्यालयहरूबाट प्रतिमहिना ३ सय ५० देखि ७ सय रूपैयाँसम्मका दरले शुल्क लिँदै आएका छन् ।

फोहोर धेरै निकाल्ने ठुला होटल तथा रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतबाट लिने शुल्क भने योभन्दा धेरै छ।

औसतमा प्रतिस्थानको ५ सय रूपैयाँ मात्र गणना गर्ने हो भने पनि फोहोर उठाउने यी संस्थाले वार्षिक करिब साढे ३ अर्ब रूपैयाँ संकलन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here