उपत्यकाका अस्पतालहरु बाहिरी जिल्लाका संक्रमितले भरिए

काठमाडौं । एक महिना अघि काठमाडौं उपत्यकाकै कोरोना संक्रमितले भरिएका अस्पतालहरु अहिले उपत्यका बाहिरबाट ल्याएका संक्रमितले भरिन थालेका छन् ।

हाल काठमाडौं उपत्यकाका अस्पतालमा उपचाररत अधिकाश संक्रमित उपत्यका बाहिरबाट आएकाहरु छन् ।

frontline

दुई महिनादेखि निकै उच्च गतिमा बढेको संक्रमितको संख्यामा केही कमी आएको जस्तो देखिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या भने नघटेको अस्पतालहरुले जनाएका छन ।

उपत्यकाका प्रमुख सरकारी अस्पताल वीर, पाटन, त्रिवि र टेकु अस्पतालमा हाल पनि आइसियू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्यामा कमी नआएको ती अस्पतालहरुले जनाएका छन ।

हाल अस्पताल भर्ना हुने विरामीको संख्या कस्तो छ त ?

अस्पताल आउने संक्रमित कहाँका बढी छन् भनेर हामीले उपत्यकाका प्रमुख सरकारी अस्पताललाई सोधेका थियौँ ।

जसले हाल उपचार गराउने आउने धेरै संक्रमित उपत्यका वाहिरका बढी रहेको बताएका छन् ।

बैसाख महिना भरी उपत्यकाका संक्रमितको संख्या थाम्नै नसक्ने अवस्थामा रहेका सरकारी अस्पताल हाल उपत्यकाका बाहिरका संक्रमितले भरिन थालेका छन् ।

वीर अस्पतालका कोभिड युनिट प्रमुख डा. अच्चुत कार्की पछिल्ला दिनमा उपत्यका बाहिरबाट आउने संक्रमितको संख्या उल्लेख रुपमा वृद्धि हुँदै गएको बताउनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा गरेको डेढ महिना हुनलाग्दा समेत संक्रमितको संख्या घट्न सकेको छैन् ।

चैत्र र बैसाख महिनामा संक्रमितको संख्या बढेका जिल्लामा संक्रमणमा केही कमी आए पनि हाल संक्रमण गाउँ गाउँ पुगिसकेको छ ।

जसका कारण अस्पताल आउने संक्रमित समेत हाल गम्भिर प्रकृतिका छन् ।

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आउने अधिकाशं संक्रमित गम्भिर स्वास्थ्य समस्या भएका मात्र आउने गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताउनुभयो ।

कोरोना संक्रमण निको भएर घर फर्किसकेका व्यक्तिमा पनि पुन स्वास्थ्य समस्या र लक्षण देखिएर अस्पताल आउने गरेको पाटन अस्पतालले जनाएको छ ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले संक्रमण मुक्त भएर जाने व्यक्तिमा पुनः लक्षण देखियो भनेर अस्पताल भर्ना हुने व्यक्ति समेत रहेको बताउनुभयो ।

पाटन अस्पतालमा भने काठमाडौं बाहिर भन्दा उपत्यकबाट नै आउने संक्रमित बढी रहेको भन्दै डा. शाक्यले संक्रमितको संख्यामा खासै कमी नआएको बताउनुभयो ।

संक्रमण अब ग्रामिण क्षेत्रमा फैलिदै गएका कारण अवस्था झन भयावह हुने देखिएको छ ।

अस्पताल र चिकित्सकको निगरानीको अभावका कारण धेरै संक्रमित जोखिममा पर्ने र काठमाडौं आइपुग्दा स्वास्थ्य अवस्था विग्रिसकेको हुने अस्पतालहरुले जनाएका छन् ।

सरकारले सबैतिर बराबर रुपमा परीक्षण नगर्ने र उपचारको सामान्य व्यवस्था मिलाउन नसक्ने हो भने अबको परीद्रिस्य फरक आउने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here