इञ्चार्जको शान, फेसबुकमै तथानाम

नेकपा (एमाले) रुकुम पूर्वमा किचलो देखिएको पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज खेममान खड्का र निवर्तमान अध्यक्ष तथा प्रदेश कमिटी सदस्य टोपबहादुर ओलीबीचको अन्तरसंघर्ष फेसबुकसम्म छताछुल्ल भएको छ ।
निवर्तमान अध्यक्ष ओलीले इञ्चार्जविरुद्ध लगातार फेसबुकमा लेखिरहेका छन् । यस विषयमा स्वयं खड्काले सामाजिक सञ्जालबाट कुनै जवाफ नदिए पनि उनका शुभेच्छुकले ओलीलाई कडा प्रहार गरिरहेका छन् । शुभेच्छुुकहरूले ओलीलाई पद र अवसरको बार्गेनिङ नगर्न चेतावनी दिँदै इच्छा नभए पार्टी छोड्न चेतावनी दिएका छन् ।





पार्टी संगठन सामूहिक निर्णयमार्फत चल्ने हो तर एक÷दुई जनाले व्यक्तिगतजस्तो गरी मनोमानी गरिराख्नु भएकोले अब इमान्दार पंक्तिले विद्रोह गर्न पनि तयार भएको ओलीले बताएका छन् । ‘पहिलो कुरा फेरि पनि नेतृत्व सुध्रिनका लागि सुझाव दिन्छौँ । फेरि पनि नसच्चिए रुकुमपूर्वको ठूलो पंक्ति विद्रोह गर्ने तयार छौँ’, उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्