इजरायल–इरान तनावले जी–सेभेन बैठक प्रभावित, ट्रम्प ह्वाइटहाउस फर्किए

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इजरायल–इरान युद्धको असर जी–सेभेन बैठकमा परेको छ।
  • अमेरिका फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरे।
  • बैठकको पहिलो दिन सात सदस्य राष्ट्रले युद्धविरामको प्रस्ताव ल्याउने प्रयास गरे, तर ट्रम्पले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेनन्।

frontline

३ असार, काठमाडौं । इजरायल–इरानको युद्धको असर जी–सेभेन बैठकमा पनि परेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा आयोजित बैठक छाडेर अमेरिका फर्किएका छन् ।

ह्वाइटहाउसले मिडिल इस्टमा तनाव जारी रहेकाले ट्रम्प फर्किएको जनाएको छ । तर ह्वाइटहाउसले इजरायल र इरानको नाम भने लिएको छैन ।

यसबीच ट्रम्पले सोशल मिडिया एक्समा लेखेका छन्, ‘इरानले परमाणु सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । इरान न्युक्लियर हतियार राख्न सक्दैन । मैले यो पटक–पटक भनेको छु ।’

जी–सेभेन बैठकको पहिलो दिन सबै सात सदस्य राष्ट्रले इजरायल–इरान युद्धविराममा साझा धारणा बनाउने प्रस्ताव लैजाने कोसिस भएको थियो । तर ट्रम्पले जी–सेभेनको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न नमानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जी–सेभेन बैठक  |डोनाल्ड ट्रम्प

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here