आम जनता पार्टी (आजपा) निकट साजन जयसवाल र मनोज तिवारीबीच विशेष भेटघाट, सहकार्यबारे छलफल

श्रीकांत यादव

आम जनता पार्टी (आजपा) निकट आम उद्योग वाणिज्य संघका राष्ट्रिय अध्यक्ष तथा आजपाका विदेश विभाग प्रमुख साजन जयसवालले भारतीय जनता पार्टी (भाजपा) का पूर्वी दिल्ली सांसद तथा भोजपुरी सिनेमा जगतका चर्चित कलाकार एवं गायक मनोज तिवारीसँग विशेष भेटघाट गरेका छन्।

frontline

उक्त भेटघाटका क्रममा दुवै पक्षबीच आगामी दिनहरूमा आपसी सहकार्यका विभिन्न सम्भावनाहरूका विषयमा गम्भीर छलफल भएको बताइएको छ। विशेषगरी सामाजिक, सांस्कृतिक तथा राजनीति क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको स्रोतले जनाएको छ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, कला–संस्कृतिको माध्यमबाट जनस्तरको सम्बन्ध मजबुत बनाउने तथा आम जनता पार्टी (आजपा) को विकासमा साझा पहल गर्ने विषयहरूमा समेत विचार आदान–प्रदान गरिएको थियो।

उक्त भेटघाटलाई आगामी दिनहरूमा नेपाल–भारतबीचको जनस्तरीय तथा राजनीति, सांस्कृतिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here