अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

बिहीवार, काठमाडौं । सडक भासिँदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो । 

frontline

भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग  सञ्चालनमा  आएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।

उनले भने, “पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ ।”  

राजमार्ग खुलेसँगै बझाङ जाने  र  बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन चलेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here