अर्थमन्त्री बेइजिङ जाँदै, उद्योगको टोली ल्हासा

Interview with Finance Minister and General Secretary of the ruling Nepal Communist Party (NCP) Bishnu Prasad Paudel, on Saturday, October 31, 2020. Photo: RSS

क्याविनेटको पछिल्लो निर्णयमा पनि मन्त्री, उच्च पदस्थ अधिकारी र सरकारी कर्मचारीको विदेश भ्रमणले निरन्तरता पाएको छ । जसअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन जाँदै छन् । 

असार १० देखि १२ गतेसम्म बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभनर्सको वार्षिक बैठकमा सहभागी हुन उहाँ त्यता जाने कार्यक्रम जेठ २६ गतेको मन्त्रिपरिषद बैठकबाट पास भएको हो । यसबाहेक राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टन्डन र उद्योग मन्त्रालयको एक टोलीको छुट्टा-छिट्टै भ्रमण स्वीकृत गरेको छ । 

frontline

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक टोली सिजाङ (तिब्बत) मा जाने छ । असार २ देखि ६ गतेसम्म ल्हासामा आयोजना हुने नेपाल-चीन व्यापार सहजीकरण समितिको तेर्हौं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र बैठकमा भाग लिन मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने निर्णय क्याविनेटको छ । 

त्यसैगरी, जेठ ३१ गतेदेखि इजरायलमा आयोजना अन्तराष्ट्रियस्तरको एक्स्पोमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. टन्डनले स्वीकृति पाएका छन् ।  

क्याविनेटका पछिल्ला केही निर्णय हेर्ने हो भने विदेश भ्रमण स्वीकृति अनिवार्यजस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here