अफ्रिका महाद्वीपले बहिस्कार गरेको विश्वकप

फाइल तस्बिर

३० कात्तिक, काठमाडौं । अफ्रिकन फुटबल महासंघले आफ्नो विश्वकपमा स्थान छुट्टाउनु पर्ने माग फिफा समक्ष राखेको थियो ।

तर, फिफाले अफ्रिकी राष्ट्रले विश्वकपमा छनोट हुनका लागि एसियन महाद्वीपका टिमसँग प्लेअफ खेल्नुपर्ने नियम बनाइदिएपछि अफ्रिकी राष्ट्र आक्रोशित भएका थिए ।

frontline

त्यसकारण उनीहरूले प्रतियोगिता नै बहिस्कार गरे । जुन आठौँ विश्वकप थियो । एसियाबाट उत्तर कोरियाले पहिलो पटक विश्वकपमा स्थान बनायो । 

युरोपबाट १०, दक्षिण अमेरिकाबाट चार, उत्तर अमेरिकाबाट एक र एसियाबाट एक राष्ट्रले विश्वकपमा स्थान पक्का गरेका थिए । 

उत्तर कोरिया र पोर्चुगलले पहिलोपटक विश्वकपमा स्थान पक्का गरेको थियो । त्यसपछि पनि पोर्चुगलले १९८६ र उत्तर कोरियाले २०१० सम्म विश्वकपमा स्थान बनाउन सकेन । 

पहिलो सहभागितामै उत्तर कोरिया क्वार्टरफाइनलमा र पोर्चुगल तेस्रो स्थान स्थान हासिल गर्न सफल भयो । 

फ्रान्सले १९५८ पछि पहिलोपटक विश्वकपमा स्थान बनायो भने सेमिफाइनल खेलेको युगोस्लाभिया र उपविजेता चेकोस्लोभाकियाले इङ्ल्यान्डमा स्थान सुरक्षित गर्न सकेनन् । 

रंगिन फोटोको सुरुआत

यही विश्वकपबाट रंगिन फोटो प्रयोगमा आएको हो । फोटो रंगिन आउन थाले पनि टेलिभिजन भने ‘ब्ल्याक एण्ड ह्वाइट’ नै थियो । 

तथापी टेलिभिजनका दर्शकले पहिलोपटक ‘स्लो–मोसन रिप्ले’ हेर्न पाएका थिए । त्यस्तै पहिलोपटक स्याटेलाइटबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

साथै फिफाले पहिलोपटक खेलाडीमा ‘ड्रग’ परिक्षण गरेको थियो । त्यस्तै पहिलोपटक ‘फ्लडलाइट’मा खेल खेलाइएको थियो । 

पहिलोपटक ‘फ्लडलाइट’मा खेलाइएको इङ्ल्यान्ड र उरुग्वेबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । 

पहिलो खेलको नतिजा हेर्दा इङ्ल्यान्डले उपाधि जित्छ भन्ने कमैले सोचेका थिए ।  तर, इङ्ल्यान्डले फाइनलमा पश्चिम जर्मनीलाई ४–२ ले हराउँदै पहिलोपटक उपाधि उचाल्यो । 

इङ्ल्यान्डको जितमा गोर्डोन ब्याङ्कस, बबी चार्लटन र जियोफ हर्सटको प्रदर्शन उत्कृष्ट रह्यो ।  फाइनलमा हर्सटले गरेको गोल विवादस्पद पनि बन्यो । 

उनले हानेको प्रहार क्रसबारमा लागेर गोललाइनमा झरेको थियो । रेफ्रीले गोललाइन नाघेको भन्दै गोल भएको निर्णय दिएका थिए । त्यही विवादपछि गोललाइन प्रविधिको प्रयोग हुन थालेको हो । 

साविक विजेता ब्राजिल समूह चरणबाटै बाहिरियो । उक्त विश्वकपमा पनि पेले पूर्ण फिट थिएनन् । उनले पहिलो खेलमा बुल्गेरियाविरुद्ध गोल गरेका थिए । 

प्रतियोगिताको कुल ३२ खेलमा ८९ गोल भए ।  पहिलो पटक विश्वकप खेलेको पोर्चुगलले सोभियत युनियनलाई हराउँदै तेस्रो स्थान हासिल गर्यो । 

पोर्चुगलकै इसेबिया डी सिल्भा फेरिरा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ९ गोल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here