अन्य देशको तुलनामा नेपालमा बालबालिकामा संक्रमण उच्च
काठमाडौँ । पछिल्लो साता कोरोना संक्रमितको संख्या थोरै घट्दै गए पनि बालबालिकाको संक्रमण दर उस्तै देखिएको छ ।
संक्रमित हुने बालबालिका अन्य उमेर समूहभन्दा बढी छन् । जेठ १९–२५ र असार १४–२० को एक साताको तथ्यांक केलाउँदा कुल संक्रमित १८ वर्षमुनिका बालबालिका/किशोरकिशोरीमध्ये पनि ५ वर्षमुनिकाको संख्या बढिरहेको देखिन्छ ।

असार १४ मा १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १७.२४ प्रतिशत संक्रमित थिए ।
एक सातापछि अर्थात् असार २० मा भने १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिका १८.४२ प्रतिशतमा संक्रमण देखिएको थियो ।
जेठ २५ गते कुल संक्रमतिमध्ये ५ वर्षमुनिकाको संख्या ०.७९ प्रतिशत रहेको थियो ।
जबकि असार २० मा कुल संक्रमितमा ०.८७ प्रतिशत ५ वर्षमुनिका बालबालिका संक्रमित थिए ।
यो तथ्यांकले कुल संक्रमितको संख्या घट्दा पनि ५ वर्षमुनिका बालबालिकामा संक्रमण घट्न नसकेको देखाउँछ ।
जेठ २५ गते १८ वर्षमुनिका कुल संक्रमितमध्ये ५ वर्षमुनिकाको हिस्सा १३.९९ प्रतिशत थियो ।
असार २५ गते भने कुल १८ वर्षमुनिका संक्रमितमध्ये ५ वर्षमुनिका संक्रमित १८.४२ प्रतिशत देखिन्छ ।
जेठ २० गते भने यो संख्या १४.९३ प्रतिशत थियो । एक महिनापछि असार २० मा १८ वर्षमुनिका संक्रमितमध्ये ५ वर्षमुनिकाको प्रतिशत १८.४२ पुगेको छ ।
अन्य देशको तुलनामा नेपालमा कुल संक्रमितमध्ये बालबालिकामा संक्रमण उच्च देखिन्छ ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स एन्ड द चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार अमेरिकामा कुल संक्रमितमध्ये बालबालिका संक्रमणको दर १३ प्रतिशत थियो ।
पछिल्लो एक महिनाको तथ्यांक केलाउँदा कुल संक्रमितमध्ये १८ वर्षमुनिका औसत १५ प्रतिशतमा संक्रमण देखिन्छ ।






प्रतिक्रिया दिनुहोस्