अत्यधिक चिसोका कारण गौर नगरका विद्यालयहरू पुष ११ गतेसम्म बन्द

श्रीकान्त यादव

रौतहट,बिगत चार दिन देखी बढेको चिसोको कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरीका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा आउदो शुक्रबार सम्मको लागी बिदा दिएको छ ।

frontline

आज सोमबार गौर नगरपालिकाले सुचना जारी गर्दै भोली पुष ८ गतेदेखी आउदो पुष ११ गते सम्मको लागी बिद्यालयमा बिदा दिएको हो ।


केही दिन देखी अत्यधिक चिसो बढेको कारण बिद्यालयहरुमा पठनपाठन कार्यमा असहजता भई बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाइ मध्यनजर गदै गौर नगर क्षेत्रभरीका सम्पुर्ण बिद्यालयहरुमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास कुमार ठाकुरले जानकारी दिनुभएको छ ।
बर्षे बिदाबाट कट्टा हुनेगरी बिद्यालयहरुमा बिदा दिइएको समेत उहाले जानकारी दिनुभयो । केही दिन देखी बढेको शितलहर र चिसोका कारण रौतहटको जनजिवन प्रभाबित बनेको छ ।

#रौतहट #गौरनगरपालिका #अत्यधिकचिसो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here