अग्निविरुद्ध सर्वोच्चको आदेशपछि माओवादी केन्द्रीय कार्यालयको बैठक जारी

काठमाडौँ, २५ साउन : नेकपा माओवादी केन्द्र बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा सहभागी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवम् अन्य नेताहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको छ।
  • नेकपा माओवादी केन्द्रले सर्वोच्चको आदेशलाई शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने बताए।
  • बैठकमा पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा छलफल भइरहेको छ।

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

frontline

अहिले बिहान पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।

सर्वोच्चको आदेशलाई नेकपा माओवादी केन्द्रका नेताहरुले राम्रो संकेतको रुपमा लिएका छैनन् । सो पार्टीका उपमहासचिव जनार्दन शर्माले द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here