४६ एसपीको सरुवा, चितवनसहित १७ जिल्लाको नेतृत्व फेरियो 

प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। सरुवामा १७ जिल्लाको प्रहरी नेतृत्व फेरिएको छ। 

frontline

सरुवाअनुसार चितवनमा रामेश्वर पौडेल, पश्चिम नवलपरासीमा रामबहादुर केसी, सर्लाहीमा रवीन्द्रनाथ पौडेल, सिन्धुलीमा रवीन्द्र सिंह, काभ्रेपलाञ्चोकमा रविन कार्की, स्याङ्जामा रञ्जितसिंह राठौरको सरुवा भएको छ। 

त्यस्तै, कञ्चनपुरमा नेत्रमणि गिरी, बागलुङमा फणिन्द्र प्रसाईं, सुर्खेतमा ठाकुर पोखरेल, गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रञ्जितकार, गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, महोत्तरीमा श्याम सारू मगर र डोटीमा सागर बोहराको सरुवा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here