३५ वर्षमा केही भएन भन्न मिल्दैन : एमाले सचिव बस्नेत

नेकपा (एमाले)का सचिव महेश बस्नेतले ३५ वर्षमा केही भएन भन्न नमिल्ने बताएका छन्। बस्नेतले रास्वपाका नेताहरुले नेपालमा केही पनि भएन भनेर जनतालाई गुमराहमा राख्ने काम गरेको जिकिर गरे। 

उनले सरकारी तथ्यांक भन्दै सामाजिक सञ्जालमार्फत ३५ वर्षको अवधिमा भएका कामहरुको सूची उल्लेख गरेका छन्। २०४६ सालपछि नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत्, सञ्चार, प्रविधि र जीवनस्तरका क्षेत्रमा ठूलो परिवर्तन गरेको उनको भनाई छ।

frontline

‘३५ वर्षमा नेपालमा केही पनि भएन’ भन्नु तथ्य नभई निराशावादी राजनीतिक भाष्य मात्रै भएको बस्नेतले बताए। ‘कमजोरी धेरै छन्। रोजगारी सिर्जना, उत्पादन वृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र आर्थिक विकासमा अझै ठूलो काम गर्न बाँकी छ। तर भएका उपलब्धिलाई पनि नदेख्नु भनेको इतिहास र तथ्यांक दुवैप्रति अन्याय हो’ बस्नेतले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here