२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको  निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो ।

frontline

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । 

यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । 

बाँकी पदमा ४१ पदका लागि  साँझ ५ बजेसम्म मतदान हुनेछ । रातोपाटीको निर्वाचनसम्बन्धी लाइभ अपडेटमा तपाईंलाई स्वागत छ–

स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान १० बजेसम्म करिब २२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तीन घण्टाको अवधिमा करिब २२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए । 

‘सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन् । मतदान सुरु भएको ३ घण्टामा करिब २२ प्रतिशत मत खसेको छ’, थपलियाले भने, ‘अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ ।’

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here