२४ घण्टामा २६३४ संक्रमित, १५ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५०३ जनाको पीसीआर परीक्षणबाट १ हजार ७१८ र ५ हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जना गरी जम्मा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्