२४ घण्टामा १४३ संक्रमित, ९ को मृत्यु
२१ कात्तिक, काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल दुई हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट दुई संक्रमित पहिचान भएका छन्।
उक्त अवधिमा कूल एक हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ५६३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
प्रतिक्रिया दिनुहोस्