२४घण्टामा २,२९९ संक्रमित, ३४ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५६६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ४५१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here