१ करोडको सभाहल निर्माणमा चलखेल

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरवाङको छ्यारछ्यारेमा बहुउद्देश्यीय सभाहल निर्माणमा चलखेल भएको देखिएको छ ।

अस्वाभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयमार्फत छानबिन सुरु गरेको छ ।

frontline

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोगको निर्देशनअनुसार प्राविधिक सहितको टोली बनाएर छानबिन सुरु गरेको जानकारी दिए ।

‘छानबिन टोलीले भवनको नापजाँचका साथै सम्बन्धित कागजातको अध्ययन सुरु गरेको छ’, उनले भने, ‘कागजातको अध्ययन र नापचाजँपछि तयार पार्ने प्रतिवेदन प्रशासनमा आउनेछ । त्यसलाई रायसहित थप अनुसन्धानका लागि अख्तियारमा पठाउँछौँ ।’

टोलीमा प्राविधिक, प्रशासनिक र लेखासँग सम्बन्धित अधिकृत स्तरका कर्मचारी छन् । मालिका गाउँपालिकाको ६० र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा सभाहल निर्माण भएको हो ।

बागलुङको जयलक्ष्मी निर्माण सेवाले २०७६ १५ फागुन २०७६ मा १ करोड ४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

विद्युतीय माध्यमबाट आह्वान गरिएको ठेक्का प्रक्रियामा २ वटा फर्मले सहभागिता जनाएका थिए । १५ जेठ २०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भवन गत पुसमै सकिएको छ ।…….

https://statementandresponse.com/public/user/baglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here