११ वाणिज्य बैंकले गरे लाभांश घोषणा

सान्केतिक तस्बिर

१२ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये हालसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन्।

यी बैंकहरूले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्। 

frontline

यस पटक बैंकहरूले बोनसभन्दा नगद लाभांशलाई प्राथमिकतामा राखेको पाइन्छ भने बोनस दर पनि गत वर्षको तुलनामा घटेको देखिन्छ।

लाभांश घोषणा गर्ने बैंकहरूमा बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसिसी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र मेगा बैंक रहेका छन्।

यी ११ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश बैंक अफ काठमाण्डूले घोषणा गरेको छ। बैंकले ६ प्रतिशत बोनस सेयर १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले गत वर्ष १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश दिएको थियो।

त्यस्तै, एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर र ७.७८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले गत वर्ष ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश दिन लागेको हो।

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश दिएको थियो।

यस्तै, ग्लोबल आइएमई बैंकले यो वर्ष ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकले गत वर्ष भने १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो।

कुमारी बैंकले पनि यो वर्ष नगद लाभांश मात्र दिएको छ। कम्पनीले १२.५ प्रतिशत लाभांश दिएको हो। कम्पनीको उक्त लाभांश २२औं वार्षिक साधारण सभाले पारित समेत गरिसेको छ।

गत वर्ष भने कम्पनीले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गरेको थियो।

एनसिसी बैंकले यो वर्ष ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने भएको हो।

गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिएको थियो।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यो वर्ष ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकले गत वर्ष १२.६११ प्रतिशत बोनस सेयर ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो। गत वर्षको तुलनामा बैंकको लाभांश दर घटेको छ।

सानिमा बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

कम्पनीले उक्त प्रस्ताव पुस ३ गते १८औं साधारण सभामार्फत पारित गर्नेछ। कम्पनीले गत वर्ष १७ प्रतिशत बोनस सेयर र ०.८९४७ नगद लाभांश वितरण गरेको थियो।

सिटिजन्स बैंकले यो वर्ष सेयरधनीहरूलाई नगद लाभांश मात्र दिने भएको छ। कम्पनीले प्रस्ताव गरेको ९ प्रतिशत नगद लाभांश कात्तिक ४ गते बसेको १६औं वार्षिक सभामार्फत पारित समेत गरिसकेको छ।

गत वर्ष भने कम्पनीले १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा बैंकले लाभांश दर घटाएको हो।

यसैगरी, प्रभु बैंकले यो वर्ष सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश दिन लागेको हो। बैंकले गत वर्षको मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

गत वर्ष कम्पनीले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

त्यस्तै, मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट ७.८३ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ। कम्पनीले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र २.०७ नगद लाभांश गरी कुल १२.०७ प्रतिशत दिएको थिएको थियो। मेगा बैंकले पनि गत वर्षको तुलनामा लाभांश दर घटाएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here