स्थानीय र सशस्त्रबीच झडप

सान्केतिक तस्बिर

गोली प्रहारबाट प्रतापपुर गाउँपालिका कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका छन् । 

काठमाडौं । नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट प्रतापपुर गाउँपालिका कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका छन् । 

frontline

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार आज बिहान भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा उनीहरुले गस्तीमा खटिएका सशस्त्रका सईमाथि चिरपट प्रहार गरेका थिए । 

त्यसपछि स्थानीय र सशस्त्रबीच झडप भएको थियो । झडपमा सईसहित ११ जना सशस्त्र प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सशस्त्रले दुई राउण्ड हवाई फायर समेत गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

poster-here