सोलुखुम्बुमा घोडाबाट लडेर बालिकाको मृत्यु

११ फागुन, सोलुखुम्बु ।  सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको ज्यान गएको छ। बुधबार स्थानीय पासाङ ल्हामु शेर्पाको ८ वर्षीया छोरी सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घोडामा सोनाम छुटिनसँगै सवार रहेकी ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा घाइते घाईते भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिए।

frontline

उनका अनुसार बुधबार बिहान साढे १० बजे उनीहरु मामाको घोडामा चढेर जाँदै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका-३ लासे दोभानमा हिउँमा चिम्लिएर घोडा लड्दा उनीहरू घाइते भएका थिए।

घाइते मध्ये सोनामको उपचारको लागि लैजाँदै गर्दा दिउँसो १२ बजे बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here