सुदूरपश्चिममा दिगो वन व्यवस्थापनको नाममा माफियाहरू सलबलाउँदै
गढी । सुदूरपश्चिम प्रदेशका वनजंगलमाथि फेरि वन माफिया तथा काठ तस्करको नजर पर्न थालेको छ । ‘दिगो वन व्यवस्थापन’का नाममा वन क्षेत्रमा प्रवेश गर्ने रुख कटान तथा वन पैदावार सङ्कलनका गतिविधि बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

वन व्यवस्थापनका नाममा वैज्ञानिक तथा दिगो वन व्यवस्थापनको अवधारणा अघि सारिए पनि यसको कार्यान्वयन पारदर्शी र वैज्ञानिक हुन नसके वन संरक्षणमा गम्भीर असर पर्न सक्ने उनीहरूको भनाइ छ । विशेष गरी सामुदायिक तथा सरकारी वन क्षेत्रमा रुख कटान, काठ सङ्कलन र ओसारपसारका गतिविधि बढ्ने जोखिम देखिएको छ ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाका वन क्षेत्रमा लामो समयदेखि अवैध कटानी, काठ तस्करी र वन पैदावारको अनधिकृत सङ्कलन चुनौतीका रूपमा रहँदै आएको छ । विगतमा पनि वन कर्मचारीहरूको मिलेमतोमा विभिन्न बहानामा वन क्षेत्रमा प्रवेश गरी काठ तथा अन्य वन पैदावार दोहन गर्ने गरेको आरोप लाग्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस्