सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा नुवाकोटका समिर परियारलाई काठमाडौंबाट पक्राउ गरिएको छ।
  • मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रमुख कृष्ण पंगेनीले परियारमाथि अनुसन्धान भइरहेको बताए।
  • सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई कामको प्रलोभनमा भारत पुर्‍याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइएको छ।

frontline

२२ साउन, काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्‍याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ ।

पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए । त्यसको करिब १० दिनपछि उनी काठमाडौंको कलंकीमा आइपुगे । भारतबाट आउने गाडीमा काठमाडौं आइपुगेका उनले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गरे । घर फर्किएपछि उनले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाए । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाएका थिए । अनि अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।

मानव बेचबिखन तथा अनुसन्धान व्युरो |मिर्गौला बिक्रीसिन्धुली

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here