सिडेनको केन्द्रीय अध्यक्षमा ईञ्जिनीयर लक्ष्मण केसी र चेतनाथ पाण्डे
काठमाडौं । सेन्टर फर डेमोक्रेटीक ईञ्जिनीयर्स नेपाल (सिडेन)को निर्वाचन जति नजिकीदै छ त्यति नै विभिन्न अड्कलबाजी पनि गरिदैं छ । नेपाली कांग्रेसभित्र ईञ्जिनीयरको चुनावलाई महत्वकासाथ हेरिर्दै छ । कांग्रेस निकट इञ्जिनीयरहरुको छाता संगठनको रुपमा रहेको सिडेनको केन्द्रीय अध्यक्षमा ईञ्जिनीयर लक्ष्मण केसी र चेतनाथ पाण्डेबीच प्रतिस्प्रधा हुने देखिएको छ ।
लक्ष्मण केसी वर्तमान उपाध्यक्ष हुन् । इञ्जिनीयरहरु भित्र निकै बौद्धिक, सरल र मिजासीलो व्यक्तिको रुपमा चिनिनुहुन्छ । युवा भएका कारण र नेतृत्व गर्ने क्षमता भएका कारण पनि ईञ्जिनीयरहरुको रोजाईमा केसी पर्नु भएको छ । पाण्डे अलिक पुराना नेताको रुपमा चिनिनुहुन्छ । विभिन्न कारणले गर्दा उहाँको नेतृत्व क्षमतामासमेत प्रश्न चिन्ह उठाईदै आएको छ ।
यहि जेठ १३ गते हुन लागेको सातौ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा इञ्जिनीयर केसीले आफ्नो प्यानलसहित उम्मेदवारी दिनु हुने तयारी गर्नुभएको उहाँ निकट इञ्जिनीयरहरुले जनाएकाछन् । यता, पाण्डेको तयारी भने फीतलो रहेको बुझीएको छ । केसी भने कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत भइसक्नु भएको छ ।
सिडेनका संस्थापक नेता केसीले संयुक्त राज्य अमेरिकाबाट ईञ्जिनीयरिङ बिषयमा स्नातकोत्तर गर्नुभएको छ । केसी भने देशभरका ईञ्जिनीयरहरुको साझा संस्था नेपाल ईञ्जिनीयर्स एशोसियशन (एनइए)का पूर्व केन्द्रीय सदस्य भई सक्नु भएको छ ।
यसभन्दा अघिको कार्यकालमा अध्यक्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नु भएका केसीले यो निवार्चनमा आफू अध्यक्षमा निर्वाचित हुन कुनै कसर बाँकी नराखेको उहाँको सचिवालयले जनाएको छ । केसी का प्रतिश्प्रति पाण्डेको कार्यशैली प्रति स्वयः ईञ्जिनीयरहरुले रुचाएका छैनन् । चुनाव नजिकीदै गर्दा समेत उहाँको तयारी सन्तोषजनक नहुनुले उहाँ निकटका इञ्जिनीयरसमेत केसीको पक्षमा खुल्न थालको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्