सामाजिक सन्जालमा सक्रिय भिम उपाध्याय

बिहीवार, काठमाण्डौ । पूर्व सचिव भिम उपाध्याय सामाजिक सन्जाल फेसवुकमा निकै सक्रिय छन् ।

उपाध्यायले २४ घण्टामा देशभर नेटवर्क निर्माण गरेका छन् ।

frontline

सामाजिक बिकृती र अनियमितता विरुद्ध तिखो प्रहार गर्ने उपाध्याय सामाजिक सन्जालमा अत्याधिक रुचाइएको पात्र बनेका छन् ।

 सामाजिक सन्जालमा निकै सक्रिय उपाध्यायकाे अपिल संगै देशभर नेटवर्क निर्माण भएकाे हाे ।

विशेषगरी युवाहरुको आकर्षण रहेका उपाध्यायका हरेक पोष्टमा युवाहरुको उल्लेख्य सहभागिता देख्न सकिन्छ । उनै उपाध्यायको फेसवुकमा दुई लाख फलोअर्स नाघेका छन् । 

गाँजा खेती बैधानिक हुनुपर्ने भन्दै अभियान चलाइरहेका उपाध्यायको फेसवुक आग्रहबाटै २४ घण्टामा देशभर नेटवर्क बनेको थियो ।

सामाजिक सन्जालमार्फत गाँजालाई बैधानिकता दिन दवाव दिदै आएका उपाध्यायले गाँजा सचेतना अभियान नाममा देशभर नेटवर्क निर्माण गरेका हुन् ।

गाँजा मार्फत नेपालीकाे जिवनस्तर उकास्न सकिने भन्दै  यसलाई बैधानिकता दिई लाखाैँ युवाहरुलाई स्वराेजगार बनाउन सकिने र बढ्दाे वेराेजगारी कम गर्न सकिने उपाध्यायकाे दावी छ ।

उपाध्यायले शुरु गरेकाे अभियानमा देशभरबाट युवाहरुले स्वतस्फुर्त साथ दिएका छन् । उपाध्याय युवाहरुमाझ लाेकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here