साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु

वित्तीय कारोबार प्रविधिमा आधारित भएसँगै बढेको साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक, प्रहरी, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा दूरसञ्चार सेवा प्रदायक एकै स्थानमा आएका छन् ।

दैनिक २ सयदेखि ३ सयसम्म ठगीका उजुरी आउन थालेपछि नेपाल प्रहरीको पहलमा सरोकारवाला सबैले एउटै स्थानबाट काम गर्ने संयन्त्र विकास गरेका हुन् ।

frontline

नेपाल प्रहरीका अनुसार साइबर ठगीमा परेर गुमाएको रकम रोक्का तथा फिर्ता गर्न प्रक्रियागत झन्झट र धेरै समय लाग्ने अवस्था छ । कुनै व्यक्ति साइबर ठगी वा स्क्याममा परेको थाहा पाएर उजुरी गर्दा स्क्यामरले पैसा अन्य बैंकमा ट्रान्स्फर गरेर झिकिसक्ने अवस्था छ ।

साइबर ठगहरूले कुनै एक व्यक्तिको मोबाइल बैंकिङ ह्याक गरेभन्दा पनि विभिन्न बैंकका खातामा रकम ट्रान्स्फर गरेर झिक्ने गरेका छन् । त्यसका लागि खाता भएको बैंकमा उजुरी गरेर प्रहरीको साइबर ब्युरोमा निवेदन दिई सोही आधारमा रकम ट्रान्स्फर भएका बैंकहरूमा रकम रोक्का राख्न निवेदन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here