सवारी दुर्घटना: ८ जनाको मृत्यु, १४७ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन्। यसअवधिमा गाडी दुर्घटनामा परेर १ सय ४७ जना घाइते भएका प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर सर्लाही, सप्तरी, प्युठान, झापा, पर्सा, बारा र महोत्तरीमा गरेर ८ जनाको मृत्यु भएको हो। 

frontline

दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ९ जना घाइते भएका छन्। 

त्यसैगरी बागमती प्रदेशका बाँकी जिल्लामा ४ जना, गण्डकीमा ५ जना, कर्णालीमा ८, सुदूरपश्चिममा १९, लुम्बिनीमा २८, मधेसमा २७ र कोसी प्रदेशमा ४७ जना घाइते भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here