सर्वसाधारणमाथि कुटपिट गर्ने ४ ट्राफिक प्रहरीको गणमा सरुवा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुन्धाराको आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गरेको घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई गणमा सरुवा गरेको छ।
  • सर्वसाधारणमाथि कुटपिटको घटना २३ मंसिर २०८१ मा भएको थियो र ६ महिनापछि ११ वैशाखमा सार्वजनिक भएको थियो।
  • उक्त घटनामा संलग्न ट्राफिक सई इश्र महर्जनसहितलाई जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गणमा पठाइएको छ।

२५ जेठ, काठमाडौं । सुन्धाराको आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गरेको घटनामा छानबिनमा तानिएका चार ट्राफिक प्रहरीको गणमा सरुवा गरिएको छ ।

frontline

चार जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

सर्वसाधारण कुटपिट घटनामा ट्राफिक सई इश्र महर्जनसहितलाई गणमा पठाइएको एक अधिकृतले बताए ।

२३ मंसिर २०८१ मा सुन्धारामा सर्वसाधारणमाथि कुटपिट भएको घटना ६ महिनापछि ११ वैशाखमा बाहिरिएको थियो ।

त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्याय रानिपोखरीले उनीहरुको जिम्मेवारी खोस्दै छानबिन गरेको थियो ।

ट्राफिक प्रहरी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here