समूहको बैठकमा पूर्णबहादुरले भने– पूर्ण इजलासमा जाने बाटो बाँकी नै छ
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतले शुक्रबार पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पूर्ण इजलासमा जाने बाटो बाँकी नै रहेको बताएका छन् ।
शेरबहादुर देउवा समूहको आइतबार महाराजगन्जमा बसेको बैठकमा खड्काले फैसलाको पुनरावलोकनमा जान सक्ने सङ्केत गरे । ‘हामीसँग अदालतको आदेशको विरुद्ध पूर्ण इजलासमा सुनुवाइका लागि जाने बाटो बाँकी नै छ,’ खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने ।
खड्काले सर्वोच्चको निर्णय मान्ने तर न्याय निरूपण गर्दा दिएका आधारहरूमा असहमति राख्ने बताए । रिट खारेजका लागि लिएका ५ आधार नमान्ने खड्काले बताएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

उनले आफ्ना अडान स्पष्ट राख्ने र कदमहरू बिस्तारै अगाडि बढाउने बताए । ‘अडान स्पष्ट राख्ने र कदमहरू बिस्तारै अगाडि बढाउने प्रदेश भेलाहरू, साथीभाइहरूको बिचमा विभिन्न भेलाहरू र छलफल गर्दै एक ढिक्का भएर हाम्रो समूहलाई क्रियाशील राख्ने,’ खड्काले बताए ।






प्रतिक्रिया दिनुहोस्